सञ्जयले रणवीरकाे बेइज्जत किन गरे ?

२०७५ जेठ ३० बुधवार
Newsdesk Shikharnews

बलिउड अभिनेता सञ्जय दत्तले केही समयअगाडि आफ्नो घरको पार्टीमा रणवीरलाई पनि निम्त्याएका थिए ।

तर, आफैंले निम्त्याएको पाहुनालाई उनले सबैका बीचमा अपमानजनक व्यवहार गरे । सञ्जु फिल्ममा उनको छनोटलाई लिएर सञ्जयले रणवीरको धज्जी उडाए ।

‘सुन्दैछु, तिमीले मेरो भूमिका अभिनय गर्दैछौ,’ सञ्जयले भने, ‘के यस्तै ज्यानले सञ्जय दत्त बनिन्छ रु मेरो ज्यान देखेका छैनौ ?’

उनले रणवीरलाई खेलाउने निर्देशकलाई पनि उल्लुको संज्ञा दिए ।

त्यसपछि व्यंग्य कस्दै सञ्जयले भने, ‘म तिमीलाई लिएर फिल्म बनाउन चाहन्छु । फिल्मको नाम हुनेछ ‘लड्डु’ । त्यसपछि हामी ‘जलेबी’, ‘पेडा’ ‘दुध मलाई’ जस्ता फिल्महरु पनि बनाउने छौ ।’रणवीरले खेलेको फिल्म ‘वर्फी’ लाई ईंगित गर्दै सञ्जयले यसो भनेका थिए ।

सञ्जयलाई कुनै जवाफ नदिएका रणवीरले पछि ‘सञ्जु’ का लागि कठिन मिहिनेत गरेर आफ्नो ज्यान बनाए । फिल्मको टिजर र ट्रेलरमा उनी सञ्जय दत्तकै कपि देखिएका छन् । स्वयम् सञ्जय दत्तलाई पनि यसले प्रभावित तुल्याएको छ । अहिले उनी एकाएक रणवीरको प्रशंसक बनेका छन् ।

ट्रेलर आएपछि प्रतिक्रिया दिँदै सञ्जयले भने, ‘उनले वास्तवमा एकदमै राम्रो गरेका छन् । म आफैंले खेलेको भए पनि यति राम्रो गर्न सक्दिनथेँ होला । मलाई यो फिल्मको तीव्र प्रतिक्षा छ ।’

अहिले सञ्जय र रणवीरको मित्रता पनि बढेको छ । यद्यपि, सञ्जयले पहिले गरेको अपमानजनक व्यवहारका लागि रणवीरसँग माफी मागेको भने कतैसुनिएको छैन ।

(एजेन्सी)