लागूऔषध सहित एक युवा पक्राउ, दुर्घटना मा एक जना को मृत्यु

२०७५ जेठ ३० बुधवार
Newsdesk Shikharnews

अस्बिन खड्का,  ३० जेठ । उदयपुरमा लागुअाैषध सहित एक जनालाइ  प्रहरीले  पक्राउ गरेकाे छ ।

आज जेठ ३० गते अन्दाजी १ बजेको समयमा जिल्ला उदयपुर त्रियुगा न पा ११ बस्ने  बर्ष २२ को बिष्णु तामाङलाई जिल्ला उदयपुर त्रियुगा न पा ११ ट्याम्पु चोकबाट पक्राउ गरेकाे हाे ।

गस्ती टोलीले शंका मानेर चेकजाच गर्ने क्रममा तामाङको साथबाट डाईजोपाम ४ एम्पुल, फेनारगन ४ एम्पुल, लुपिजेसिक ४ एम्पुल फेला पारी बरामद गरेकाे   जिल्ला प्रहरी प्रमुख नबराज भट्ट ले जानकारी दिए ।

यसैगरी २९ गते रातीको समयमा जिल्ला उदयपुर त्रियुगा नपा ६ लालपत्तामा गाईघाट बाट कदमाहा तर्फ जादै गरेको बा ६८ प ३६४४ नम्बर को मोटरसाइकल ले बिपरित दिशाबाट आउदै गरेको स ७ प ८८०० नम्बरको मोटरसाइकल लाई ठक्कर दिँदा स ७ प ८८०० नम्बरको मोसा चालक जि सिरहा लहान नपा १६ बस्ने बर्ष ३५ को राज कुमार खड्का गम्भिर घाईते र बा ६८ प ३६४४ नम्बरको मोसा चालक उदयपुर त्रियुगा १० बस्ने बर्ष २५ को सन्तोष मगरको निधारमा चोट लगेकाे बताइएकाे छ ।

सोही मोटरसाइकल मा पछाडी सवार  उदयपुर त्रियुगा १० बस्ने बर्ष ३० को बिनोद राईको टाउकोमा चोट तिनै जना घाइतेलाई उपचारको लागी लहानको सप्तऋषी अस्पताल पठाएको दुबै मोटरसाइकल प्रहरी चौकी लालपत्ताको नियन्त्रणमा राखीएको प्रहरीले बताएकाे छ।

उक्त दुर्घटना मा घाईते भएका राज कुमार खड्का को उपचार क्रममा राती १० बजे तिर मृत्यु भएको  भट्ट ले जानकारी  दिए ।