३ लाखमा टर्की लग्ने भन्दै ६३ वटा पासपोर्ट सहित टर्कीका नागरिक पक्राउ

२०७५ जेठ ३१ बिहीवार
Newsdesk Shikharnews

अस्बिन खड्का,जेठ,३०

काठमाडौमा रहेको मास्टर जव मेनपावरको शाखा इटहरीले वैदेशिक रोजगार विभागबाट अन्तरवार्ताको अनुमति नलिई १४० जनाको अन्तरवार्ता लिइरहेको इटहरी ९ स्थित सेन्टर क्यापिटल ट्रेनिङको हल ठाउँ बाट भाडामा लिएर अन्तरवार्ता लिइ रहेको अबस्थामा प्रहरीले छापा मारेको थियो ।

छापा मार्दा पक्राउ पर्ने टर्कीका एक नागरिक पनि छन् । टर्कीका एडम १५ दिने टुरिस्ट भिसामा नेपाल आएका थिए । टर्की नागरिक एडम ओचन सहित अन्यलाई इटहरी प्रहरीले पक्राउ गरेको हो ।

इटहरीका डिएसपी शिव कुमार श्रेष्ठले जानकारी दिए अनुसार पक्राउ परेका सबैलाई वैदेशिक रोजगार विभागमा पठाएको र पक्राउ पर्ने एक बिदेशी सहित ७ नेपाली रहेका छ ।