प्रदेश १ को नीति तथा कार्यक्रम पारित

२०७५ जेठ ३१ बिहीवार
Newsdesk Shikharnews

अस्बिना खड्का

आर्थिक वर्ष २०७५/०७६ को लागि प्रस्तुत वार्षिक नीति तथा कार्यक्रम बहुमतले पारित भएको छ। सरकारले प्रदेश सभा नियमावली २०७४ को नियम ३८(२) बमोजिम जेठ २७ गते प्रदेशसभामा नीति तथा कार्यक्रम प्रस्तुत गरेको थियो। मुख्यमन्त्री शेरधन राइले छलफल मा उठेका प्रश्नको जवाफ दिएपछि नीति तथा कार्यक्रम पारित भएको हो।

प्रदेश १ लाई नमुना प्रदेश बनाउन सरकार लागि परेको राईले दावी गरे। महिला हिंसा, बालविवाह र बालश्रम नियन्त्रण आगामी ५ वर्ष भित्र सुकुम्बासी समस्या पूर्णरुपमा समाधान ६ महिना भित्र विकास र समृद्धिकोअभ्यास सुरक्षा व्यवस्थापन र भ्रष्टाचार नियन्त्रणमा कुनै सम्झौता नहुने राईको भनाइ थियो।
२ दिनसम्म चलेको नीति तथा कार्यक्रममाथिको छलफलमा सत्तापक्षका २९, प्रतिपक्षका ४ र अन्य दलका ४ गरी ३७ सांसदले आफ्नो धारणा राखे