तपाईको आजको राशिफल : २०७५ साल जेठ ३१ गते बिहिबार

२०७५ जेठ ३१ बिहीवार
Newsdesk Shikharnews

मेष

सवै समस्याको समाधान आफ्नै पहलमा हुने छन् । काम गर्ने जोश जागर बढ्नेछ । व्यापार व्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई इष्टमित्रबाट सहयोग मिल्नेछ ।

बृष

अरुको भरमा कुनै काम नगर्नु होला । आफ्नै प्रयासमा काम बन्ने छन् । आर्थिक संरचनालाई नचलाउनु होला । स्थान परिर्वन गर्न मन लाग्ने छ । आफन्तका कारण विवाद पर्न सक्छ ।

मिथुन

आफ्नो काममा दत्तचित्त भएर लाग्नु होला अवश्यमेव सफलता मिल्नेछ । आर्थिक कारण काममा सामान्य समस्या आउन सक्छ,त्यो प्रयत्नबाट नै समाधान गर्न सकिने छ ।

कर्कट

व्यय विचार बढ्ने छ । व्यापार व्यवसायमा गिरावट आउन सक्छ । काममा भन्दा अनावस्यक काममा समय र धन लगानी हुने देखिन्छ । विवाद पर्न सक्ने कुरालाई पनि नकार्न सकिन्न ।

सिंह

आय आर्जन बढ्ने छ त्यसलाई बचाएर राख्ने प्रयत्न गर्नु होला । नोकरी तथा राजनीतिमा नयाँ ठाँउ मिल्न सक्छ । काम गरेर दाम कमाउन सकिने छ । विरोधीसँगको लडाई जितिने छ ।

कन्या

अधुरा रहेका कामले गतिलिने छ । नयाँ कामको अवसर आउन सक्ने कुरालाई नकार्न सकिन्न । आर्थिक क्षेत्रमा पनि सुधारका संकेत देखिने छन् । सामाजिक प्रतिष्ठा बढ्ने छ ।

तुला

धार्मिक विश्वास बढ्ने छ । फलदायी यात्राको सम्भावनालाई नकार्न सकिन्न । अरुको काममा समय दिदा आफ्ना काम धेरै अधुरा रहन सक्छन् । आफ्नो इज्जतको ख्याल राख्नु होला ।

बृश्चिक

भाग्यमा अवरोध आउने छ । अनावस्यक काममा समय खेर जानेछ । बन्न लागेका काम पनि विग्रिने छन् । व्यापार व्यवसायमा गिरावट आउने छ । स्वास्थ्यमा समस्या आउला ।

धनु

काममा सामान्य समस्या देखिए पनि ती सवै प्रयत्नबाट समाधान भएर जानेछन् । व्यापार व्यवसायमा सुधार आउने छ । अर्थ अभावका कारण नयाँ काममा केहि अप्ठ्यारो आउन सक्छ ।

मकर

विदेश यात्रामा अवरोध आए पनि व्यापार व्यवसायमा भने सुधार आउने छ । विरोधीको सक्रियता बढ्ने हुदा काम गर्दा सजग रहनु होला । मनमा एक प्रकारको चिन्ता रहि रहने छ ।

कुम्भ

काम प्रतिको चासो बढे पनि के गर्ने के नगर्ने भन्ने कुरामा अलमल हुन सक्छ,जसको फाइदा अरुले उठाउन सक्छन् । व्यापार व्यवसायमा आफुले सोचे जस्तो प्रगति हुने छैन ।

मीन

घरयासी कुरामा बढि केन्द्रित हुनु पर्ला । आलस्यता बढ्न सक्छ । अनावस्यक कुरामा अल्झिने सम्भावना बढि देखिन्छ । व्यापार व्यवसायमा धेरै प्रगति हुने देखिन्न । मन चञ्चल हुन सक्छ ।