गाईघाटमा स्वीमिङ पुल प्रतिको क्रेज बढ्दो




२०७५ जेठ ३१ बिहीवार
Newsdesk Shikharnews

अस्बिन खड्का ,जेठ ३०

उदयपुर को सदरमुकाम गाइघाट नजिकै रहेको त्रियुगा नगरपालिका ९ राटमाटेमा संचालनमा आएको होटल वल्र्ड दरबारले हालसालै स्वीमिङ पुल पनि संचालनमा ल्याएको छ ।

होटल संचालन संगै स्वीमिङ पुल खोल्ने योजना रहेपनि बनाउन का लागी समय लागेको होटेल का संचालक सुबोध बस्नेतले भने,उनले भने गर्मि मौसम सुरुवात सगै हामी ले पनि होटलमा स्विम्मिंग पुल को आवस्यकता महसुस गरेर सुन्दर बाताबरण र पारिबारिक बाताबरण मा पुल निर्माण गरी संचालन गरेको उनले बताए ।

उदयपुरका तथा बाहिरी मानिस हरु गर्मी छल्नको लागि अधिंकास स्थानिय खोला खहरेमा पानीमा खेल्दै रमाईलो लिनको लागि पुग्नेहरुलाई स्वीमिङ पुलमा सुरक्षित साथ मनोरञ्जन लिनको लागि पनि सहज हुने बस्नेत ले बताए ।

उनले भने ठुला को लागि २०० र बालबच्चा को लागि १५० टिकट लीने गरेका छौ, मनोरञ्जन र स्वास्थयको लागि समेत स्वीमिङ खेल्नु लाई राम्रो मानिन्छ, स्वीमिङ पुल मा अहिले स्थानिय युवा युवती, साना साना केटा केटी धेरैजसो आएर स्वीमिङ खेल्ने गरेको र गर्मीयाम भएकोले अहिले भने स्वीमिङ को क्रेज धेरै बढेको उनले बताएका छन, हाल गाइघाट मा २ ओटा स्विमिङ्ग पुल संचालनमा रहेका छन् ।