जाने होइन त अटोमोबाइल कार्निभल मेला हेर्न आज शनिबार अन्तिम
२०८१ वैशाख ८ शनिवार
रुसमा बिहीबार भव्य कार्यक्रमका बिच विश्व फुटबलको महाकुम्भ मेला विश्वकप फुटबल २०१८ सुरु हुँदैछ । सुन्दर शहर, कला संस्कृति तथा अरु विभिन्न काणले रुस घुम्न चाहनेहरुको केन्द्र यसअघि पनि रहँदै आएको हो ।
त्यसमाथि विश्वकप फुटबल हेर्नका लागि विश्वभरका धेरै मानिस त्यहाँ पुग्ने छन । विश्वमा रुसका युवतीको सुन्दरताको चर्चा हुने गरेको छ । यसले गर्दा विश्वकपको अवधिमा धेरै मात्रामा खुला वा गोप्य रुपमा यौन सम्बन्धहरु हुने आँकलन गरिन्छ ।
यहि बिचमा रुसकी एक वरिष्ठ सांसदले विदेशी पुरुषसँग यौन सम्बन्ध कायम नगर्न रुसी युवतीहरुलाई सुझाव दिएकी छन् । विश्वकप २०१८ को अवधिमा विदेशी पुरुषसँग यौन संबन्ध कायम नगर्न सुझाव दिने सांसद हुन्, तामारा प्लेटनयोभा ।
यो बेला विदेशी पुरुषसँग हुने यौन सम्बन्धबाट रसियन युवती गर्भवति हुन सक्ने र त्यसबाट जन्मिएका बच्चाले धेरै समस्या झेल्नु पर्ने भएकाले सचेत रहन उनले सुझाव दिएकी हुन् ।
उनी परिवार, महिला तथा बालबालिका सम्बन्धी कमिटिकी प्रमुख पनि हुन् । उनले तल्लो सदनमा बोल्ने क्रममा पनि विश्वकप पछि एकल आमाहरुको संख्या बढ्न सक्ने भन्दै चेतावनी दिएकी थिइन्।