फिल्ममा डेव्यु गर्दै तेरिया मगर, पारिश्रमिक कति?

२०७५ असार ३ आइतवार
Newsdesk Shikharnews

काठमाडाै, ३ असार । भारतको चर्चित रियालिटी सो ‘डीआईडी लिटिल मास्टर’ र ‘झलक दिखला जा सिजन – ९’को विजेता बनेकी नेपालीमुलकी तेरिया मगर चलचित्रमा डेव्यु गर्ने भएकी छिन् ।

उनले नेपाली चलचित्र ‘मायाको मोल’बाट सिनेनगरीमा डेव्यु गर्न लागेकी हुन् । यस चलचित्रमा तेरियाले पारिश्रमिक नलिएको निर्माण पक्षले जनाएको छ ।

चलचित्रलाई म्याक टेन कालुले निर्देशन गर्दैछन् भने बिर्जन मगर तेरियाको अपोजिट देखिन्दैछन् । चलचित्रको हाल एक गीतको रेकर्डिङको काम भइरहेको छ भने कोरियोग्राफरको रूपमा सुजन विश्वकर्मा स्वयम् रहनेछन् ।

असार २८ गते तेरिया नेपाल आएपछि औपचारिक घोषणा गर्ने बताइएको छ ।