युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्ड

२०७५ असार ४ सोमवार
Newsdesk Shikharnews

विश्वकप फुटबलअन्तर्गत साेमबार राति युवा खेलाडीको जोसले भरिएको इंग्ल्यान्डले ट्युनिसियाको सामना गर्दै छ ।

हरेक विश्वकपमा दाबेदार टिमका रूपमा रहेको इंग्ल्यान्ड रसिया विश्वकपमा पनि दाबेदार टिममध्येको एक टोली हो ।

अहिले इंग्लिस टोलीमा युवा खेलाडीहरूको जमात छ । इंग्ल्यान्ड यही युवा टोलीको भरमा विश्वकपको उपाधि जित्ने लक्ष्यमा छ ।

प्रशिक्षक ग्यारेथ साउथगेटले अधिकांश युवा खेलाडीलाई यसपटकको विश्वकपमा विश्वास गर्दै इंग्ल्यान्डले लामो यात्रा तय गर्नेमा आशावादी छन् ।

(https://thereader.com)