आज असार ५ गते मंगलबार को राशिफल हेर्नुहोस्

२०७५ असार ५ मंगलवार
Newsdesk Shikharnews

मेष

योजना बनाएर काम गर्नु होला । काम गर्दा बाहिरी प्रभाव बढि पर्न सक्छ । अरुको भर विश्वासमा काम नगर्नु होला । व्यापार व्यवसायबाट उचित प्रतिफल नमिल्न सक्छ । नोकरी र राजनीतिमा भने केहि राम्रो देखिन्छ ।

बृष

काम गर्ने जोश जागर घट्नेछ । सोचाई बढि काम कम हुनेछन् । गरेका काममा आलोचना धेरै हुन सक्छ । घरयासी समस्याले सताउने छ । व्यापार व्यवसायमा मन्दि आउने छ । धन माल हराउन सक्छ ।

मिथुन

काममा स्थायीत्व दिनु पर्ने देखिन्छ । कार्य क्षमता बढ्ने छ । उद्योग धन्दा बन्द व्यापारबाट आय आर्जन बढ्ने छ । आशाका अङ्कुर पलाउने छन् । आर्थिक कारोवारमा भने चनाखो रहनु होला ।

कर्कट

आफन्तबाट सहयोग पाईनेछ । आर्थिक क्षेत्रमा सुधार आउनेछ । व्यवसायमा लगानी नबढाउनु होला । व्यापार व्यवसायबाट उचित मुनाफा लिन सकिने छैन । अन्योललाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ ।

सिंह

शारीरिक एवं मानसिक स्फूर्ति बढ्ने छ । मनोरञ्जनमा बढि ध्यान जान सक्छ । साना तिना चुनौतिसँग डराईने छैन । व्यापार व्यवसायबाट सामान्य आम्दानीम हुनेछ । बाहिरी सम्बन्धमा सुधार आउने छ ।

कन्या

काम गरेर अरुलाई कमाई दिने मात्र हुनेछ । अनावस्यक विषय बस्तुमा विवाद पर्न सक्छ । व्यापार व्यवसायमा गिरावट आउने छ । आवेगमा आएर कुनै पनि निणर्य नगर्नु होला । व्यर्थको फिराई हुनेछ ।

तुला

आय आर्जनका दृष्टिले आजको दिन उपलब्धिपूर्ण नै मान्नु पर्दछ । सामाजिक प्रतिष्ठा बढ्ने छ । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ । परिवारबाट सहयोग पाईने छ । व्यापारबाट आम्दानी बढ्ने छ ।

बृश्चिक

भाग्यका साथै कर्म पनि बलियो देखिन्छ । आर्थिक कारोवारमा भने सतर्क रहनु होला । नोकरी तथा राजनीतिमा नयाँ अवसर आउन सक्छ,आएको अवसरलाई नगुमाउनु होला । पढाई लेखाईमा प्रगति हुनेछ ।

धनु

बाहिरी काममा बढि समय दिदा हुनु पर्ने काम हुने छैनन । यात्राबाट सामान्य लाभ हुनेछ । अर्थ अभावका कारण काममा ढिला सुस्ति हुनेछ । आस्था र विश्वास भने बढ्नेछ । व्यापारमा आएको मन्दि कायम नै रहने छ ।

मकर

दैनिक काम काजमा अवरोध आउन सक्छ । काम गर्ने जोश जागर पनि घट्नेछ । परिवारमा मनमुटाव बढ्न सक्छ । व्यापार व्यवसायमा मन्दि आउने छ । आवेगमा आएर काम नगर्नु होला । स्वास्थ्य कमजोर हुनेछ ।

कुम्भ

आशा गरे अनुरुपको सफलता कम मिल्नेछ । स्वव्यवसायबाट आय आर्जन बढ्नेछ । साथि भाई तथा इष्ट मित्रबाट सामान्य सहयोग पाईने छ । विदेश यात्राको सम्भावनालाई नकार्न सकिन्न ।

मीन

कार्य सम्पादनाम कठिनाइ आउन सक्छ,मेहनत नगरी काम बन्ने छैनन । कार्य गोपनियता आवस्यक देखिन्छ । बाहिरी काममा मन जानेछ । व्यापार व्यवसायमा भने विस्तारै सुधार आउने देखिन्छ ।