डान्स गर्दा गर्दै लडेर बेहोस भएकि पत्रकारको निधन
नेपालगन्ज, ५ असार । नेपालगन्जका पत्रकार अनुपा राजबंशीको निधन भएको छ ।
स्थानीय बागेश्वरी टेलिभिजनका समाचार वाचिका राजबंशीको गएराती निधन भएको हो ।
नेपालगन्जको सुर्खेतरोडमा रहेको सिग्नेट इन कृष्णा होटेलले आयोजना गरेको डान्स पार्टीमा सहभागी २३ बर्षिया राजबंशी डान्स गर्दा गर्दै लडेर बेहोस हुनुभएको थियो ।
तत्काल उहाँलाई उपचारका लागि शिक्षण अस्पताल पुर्याइएपनि चिकित्सकहरुले मृत घोषणा गरेका थिए । उहाँको मृत्युको कारण खुल्न सकेको छैन् ।
रेडियो हुदै टेलिभिजन पत्रकारितामा क्रियाशील बाँके खजुरा गाउँपालिका–३ की राजबंशी विगत ७ बर्षदेखि पत्रकारितामा क्रियाशील थिइन ।