डिसहोमको प्रवन्ध सन्चालकमा आचार्य, सिम टिभी पनि डिसहोमले किन्यो
काठमाडौं । नेपालमा केवल टेलिभिजनबाट डिजिटल प्रविधि भित्रयाउन सफल डिसहोममा नयां प्रवन्ध सन्चालक नियुक्त भएका छन् । डिस मिडिया नेटवर्क लिमिटेडको संचालक समितिको वैठकले डिसहोममा सीईओ सुदिप आचार्यलाई प्रवन्ध संचालकमा नियुक्त गरेको हो ।
त्यसै गरिे संचालकहरुको सर्वसहमतिमा संचालक हेमराज ढकाललाई समितिको अध्यक्षमा चयन गरेको छ । प्रभू समूहका अध्यक्ष देवीप्रकाश भट्टचनले डिसहोमको सञ्चालकबाट राजीनामा दिए पछि अव डिसहोमले नयां प्रवन्ध सन्चालक पाएका छन् ।
डिसोहोमले प्रभू समूहको लगानी रहेको मल्टी सर्भिस अपरेटरका रुपमा काम गरिरहेको ‘सिम टिभी’ पनि किनेको छ । प्रवन्ध निर्देशक सुदिप आचार्य डिसहोमको प्रमुख कार्यकारी अधिकृतमा कार्यरत रही कामना सेवा विकास बैंक लिमिटेडका अध्यक्ष तथा सफल उद्यमी हुन् ।
सन् २००९ मा स्थापना भएको डिसहोम नेपालको पे टिभी इन्डस्ट्रीमा काम गरिरहेको सबैभन्दा सफल र ठूलो कम्पनी हो ।
यो कम्पनी पब्लिक कम्पनीको रुपमा रुपान्तरण भइसकेको छ भने निकट भविष्यमा सर्वसाधारणका लागि सेयर समेत निष्काशन गर्ने तयारीमा छ ।