के तपाई गाडी खरिद गर्दै हुनु हुन्छ ? अव सो रुम धाउन पर्दैन , डटसनका गाडी तपाई कै घरमा !




२०७५ असार २३ शनिवार
Business NewsDesk

काठमाडौ । नेपालमा अटो क्षेत्रमा दैनिक नयां नयां गाडी भित्रिने गरेको छ तर गाडी खरिद गर्न भने सो रुम नै धाउनु पर्ने बाध्यता छ तर अव भने गाडी खरिद गर्न कै लागि सो रुम धाउनु पर्देन । अव तपाई कै घरमा आईपुग्छ  टेस्ट  ड्राईभका लागि डटसनका विभिन्न व्राण्डका गाडीहरु । हो अव गाडी किन्न सो रुम धाईरहन पर्दैन ।

 

डटसन गाडीको नेपालका लागि आधिकारिक विक्रेता पायोनियर मोटोकर्पले टेष्ट ड्राईभ लिएर तपाई कै घर आईपुग्छन् । पायोनियर मोटोकर्पले अहिले काठमाडौका विभिन्न स्थानमा टेष्ट ड्राईभ प्रदर्शनी गर्दै आईरहेका छन् । साताको हरेक शनिवार उपत्यकाको अपार्टमेण्ट र कर्पोरेट हाउसहरुमा डटसन गाडीका नयां नयां व्राण्डका गाडीहरुको टेष्ट ड्राईभ प्रदर्शनी गर्ने गरेको छ । यसै क्रममा शनिवार धुम्वाराहीमा रहेको ओरेण्टल अपार्टमेण्टमा पनि टेष्ट ड्राईभ प्रदर्शनी गरेको छ ।

पायोनियर मोटोकर्पका सिनियर म्यानेजर दिपेन्द्र प्रधानले ग्राहकको सुविधाको लागि डोर टु डोर सेवा दिने उद्देश्यले टेष्ट ड्राईभ प्रदर्शनीको आयोजना गदै आएको बताए । उनले डोर टु डोर सेवामा ग्राहकले पुरानै मूल्यमा भारी छु्टका साथ डटसनका गाडीहरु खरिद गर्न सकिने समेत जानकारी दिए । उनका अनुसार अहिले डोर टु डोर सेवा अपार्टमेण्ट र कर्पोरेट हाउसमा दिने गरेको बताए ।

 

डटसनका विशेषता

डटसन गाडी अन्तर्गत अर्वान क्रस कार ‘रेडी–गो , डटसन गो प्लस , डटसन गो , डटसन टि कारहरु ८०० सिसि देखि १२०० सिसिमा उपलव्ध छन् । डटसन गाडीमा उत्कृष्ट ग्राउन्ड क्लियरेन्स रहेको कम्पनीको भनाइ छ ।

 

इन्धनमा मितव्ययिता र क्रसओभरमा जिप्पी ड्राइभिङको रोमाञ्चकताले भरिएको डटसन कारहरु इन्ट्री लेभल कार सेग्मेन्टलाई नयाँ परिभाषा दिने लक्ष्य सहितको छ । यी कारको बजार मूल्य १८ लाख ४५ हजार देखि २७ लाख ४९ हजार रुपैयाँ सम्मको छ ।

 

उत्कृष्ट परफरमेन्स र स्टाइलिस डिजाइनले भरिएको डटसनका कारहरु सेतो, सिल्भर, ग्रे, रुबि र लाइम रंगमा उपलब्ध छन् । स्पोर्ट टाइलिङले उत्कृष्ट ग्राउन्ड क्लियरेन्स, बढी स्पेस र ड्राइभरका लागि उत्तम भिजिबिलिटी नै यी कारहरुको विशेषता हो ।

 

अहिले भईरहेको डोर टु डोर सेवामा हरेक गाडीको खरिदमा फाईनान्सको सुविधा समेत रहेको कम्पनीले जनाएको छ । असार मसान्त भित्र खरिद गर्ने ग्राहकको लागि १ लाख सम्मको क्यास डिस्काउण्ट समेत रहेको जनाएको छ ।