प्राइमलाइफ र मुक्तिनाथ विकास बैंकबिच बैंकासोरेन्स सम्झौता

२०७५ असार २३ शनिवार
Business NewsDesk

 

काठमाडौं । प्राइमलाइफ इन्स्योरेन्स कम्पनीले मुक्तिनाथ विकास बैंकसंग बैंकासोरेन्स सम्झौता गरेको छ। सम्झौतामाप्राइमलाइफ इन्स्योरेन्स कम्पनीका प्रमुख कार्यकारी अधिकृत मनोज कुमार भट्टराई र मुक्तिनाथ विकास बैंकका प्रमुख कार्यकारी अधिकृत प्रद्युमन पोखरेलले हस्ताक्षर गरेका छन्।

 

हाल प्राइमलाइफ इन्स्योरेन्स कम्पनीको चुक्ता पूँजी एक अर्व ७८ करोड रुपैयाँ, जिवन बीमाकोष ६ अर्ब २० करोड रुपैयाँ, कुल प्रिमियम ११ अर्व सात करोड रुपैयाँ रहेको छ। प्राइमलाइफले देशभरका १२५ स्थानवाट सेवा प्रदान गरिरहेको कम्पनीले जनाएको छ।