तपाईको आजको राशिफल / वि.सं. २०७५ असार २५ गते सोमबार

२०७५ असार २५ सोमवार
Newsdesk Shikharnews

मेष

लगनशिल भई गरेका काम सफल हुनेछन् । धन माग्ने वहाना धेरै हुनसक्छन् सतर्क हुनु होला । कुरा भन्दा काम गरेर देखाउने बेला आएको छ । आन्तरिक कुरा कसैलाई नखोल्नु होला ।

बृष

मध्यान्ह पछि समयमा क्रमिक सुधार आउनेछ ।कार्य लगनशिलता बढ्नेछ । अबरुद्ध काम अगाडि बढ्ने छन् । स्वास्थ्यमा सुधार आउनेछ । व्यापार बढ्नेछ । उत्तम भोजन र आसन प्राप्तिको योग देखिन्छ ।

मिथुन

पाइला पाईलामा विचार पु¥याउनु होला । आर्थिक कारोवारहरु विग्रिन सक्छन सचेत रहनु होला । स्वास्थ्यमा लगानी बढ्नेछ । अनावस्यक खर्च वृद्धिले आर्थिक समस्या झेल्नु पर्नेछ ।

कर्कट

नसोचेका ठाँउबाट धन आउन सक्छ । गरेका कामबाट लाभ लिन सकिने छ । औषधि चिकित्सा जस्ता व्यापार व्यवसायबाट मुनाफा हुने छ । ऋण लगानी भने नगर्नु होला ।

सिंह

खर्च मात्रै गरेर काम सफल गर्छु भन्ने मानसिकता त्याग्नु होला । गरेका काममा सोचे भन्दा राम्रो प्रगति हुनेछ । पुराना काम फस्र्योट हुने छन् । पेशा परिर्वतनको चाहान बढ्न सक्छ ।

कन्या

इज्जत प्रतिष्ठामा आच आउन सक्छ । अनावस्यक विषय बस्तुमा चासो नदिनु होला । अरुका काम गरेर पुण्य कमाउछु भन्ने मान्यता गलत सवित हुन सक्छ । विश्वासको संकट पर्न सक्छ ।

तुला

काममा अवरोध आउनेछ । नोकरीमा पनि समस्या नआउलान् भन्न सकिन्न । भौतिक सुखमा कमी आउनेछ । संचित धनको नास हुनेछ । वित्तिय कारोवारमा गिरावट आउनेछ ।

बृश्चिक

रजोगुण बढ्नेछ । पढाई लेखाईमा प्रगति हुने देखिन्छ । स्वतन्त्र व्यापारबाट सामान्य लाभ हुन सक्छ । विदेश यात्राको सम्भावना प्रवल देखिन्छ । नोकरी तथा राजनीतिमा अवसर आउनेछ ।

धनु

विरोधीसँगको मुद्धामा विजय पं्राप्त हुनेछ । खेलाडीको लागि दिन अनुकुल छ । कार्य योजना बनाएर मात्र काममा प्रवेश गर्नु होला । विना तयारी काममा लाग्नु भयो भने दुख धेरै पाईने छ ।

मकर

अन्योलता बढ्ने छ । भ्रमलाई चिरेर अगाडि बढ्नु पर्ने देखिन्छ । आवेगमा आएर कुनै निर्णय नलिनु होला । काममा सानातिना समस्या आउने छन् । अरुको भर विश्वासमा काम नगर्नु होला ।

कुम्भ

घरको बातावरण खलबलिन सक्छ । घर छोडेर अन्तै जान मन लाग्ने छ । उतार चढावको सामना गर्नु पर्ला । स्वस्थ्यमा समस्या आउने छ । समयमा सोच्न सक्नु भएन भने क्षति धेरै हुनेछ ।

मीन

काम प्रतिको चासो बढ्नेछ । उच्चमनोबलका साथ काममा लाग्दा अवस्य सफलता मिल्नेछ । उद्योग धन्दाबाट लाभ लिन सकिनेछ । कुनै कुराको तुरुन्तै प्रतिक्रिया नदिनु होला आफैलाई घाटा हुनेछ ।