मलेसिया रोजगारी संकटमा : श्रम मन्त्री भन्छन् – कुटनीतिक पहल भईरहेको छ




२०७५ असार २६ मंगलवार
Business NewsDesk

काठमाडौै, २६ असार । श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार ठगेको भन्दै विभिन्न संस्था खारेज गरेपछि मलेसियाको लागि भिसा लागेका नेपालीहरु मलेसिया जान पाएका छैनन् । अहिले मलेसिया जान बन्द छ । मलेसियाको भिसा लागिसकेका १ हजार ३ सय ६६ जनाको अन्तिम श्रम स्वीकृति रोकिएको छ ।

श्रम स्विकृती रोकिए पछि अहिले भिसा लागेका युवाहरु मेलेसिया जान पाईने या नपाउने भन्ने अन्यौलमा परेका छन् । अहिले मलेसियामा नेपाली कामदार जान बन्द भएको छ । ५ हजार भन्दा बढिको कलिङ भिसा आए पनि थप प्रक्रिया अघि नबढाएको बैदेशिक रोजगार व्यवसायीको भनाई छ ।

मलेसिया सरकारसँग यस विषयमा परराष्ट्र मन्त्रालय मार्फत कुटनीतिक पहल गर्ने भनिए पनि त्यसको कुनै निर्णय आउन सकेको छैन । विदेश जान लागेका युवाहरुको पिडा उस्तै छ । हालै मलेसियाले बंगलादेशी कामदार नलिने निर्णय गरेको छ ।

म्यानपावर कम्पनीले कामदार ठगेको तथा मानव तस्करको अखडा बनाएको रिपोर्ट सार्वजनिक भएपछि बंगलादेशी कामदार नलिने मलेसियाले निर्णय गरेको हो । हो , एकातिर नेपालीहरु बाध्यताले विदेशीनु परेको छ अर्कातिर दलालहरुको विगविगी छ ।

श्रम रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण बिष्टले मलेसिया जाने कामदार धेरै ठगिएको पाईए पछि श्रम स्विकृतीमा रोक लगाएको हो।

श्रम मन्त्री भन्छ : कुटनीतिक पहल भईरहेको छ 

वैदेशिक रोजगारीका नाममा ठगी गर्ने व्यक्ति र संस्थाहरुविरुद्ध सरकारले थालेको कारवाही नरोकिने र यसबाट सरकार पछि नहट्ने मन्त्री विष्टले प्रतिवद्धता जनाएका छन् । सोमवार संसदमा बोल्दै वैदेशिक रोजगारीमा जाने युवाहरुका लागि ठगि रहित रोजगारी प्रत्याभूत गर्न सरकार क्रियाशील रहेको उनको भनाइ छ ।

मलेसिया सरकारसँग अहिले छलफल भइरहेको जानकारी दिँदै मन्त्री विष्टले अन्य देशमा जस्तै मलेसिया सरकारसँग पनि श्रम सम्झौताको प्रक्रिया सरकारले अघि बढाइरहेको उनले बताए ।

मलेसिया नेपालीको लागि पहिलो गन्तव्य

नेपाली कामदारका लागि वैदेशिक रोजगारको पहिलो गन्तव्य बनेको मुलुक हो मलेसिया । गत आर्थिक वर्षको श्रम स्किृतिलाई आधार मान्दा सबैभन्दा धेरै नेपाली रोजगारका लागि मलेसिया पुगेका छन् ।

तर रोजगारीको पहिलो गन्तव्य संगै मलेसिया जाने नेपालीहरु ठगिने क्रम झनै बढ्दो रह्यो । मलेसिया जाने बढे संगै मेनपावर कम्पनी र विभिन्न मेडिकल संस्थाहरुले विदेशीने नेपाली युवाहरुलाई लुटिरह्यो । फ्रि भिसा फ्रि टिकट नाम मात्रै रह्यो ।

बैदेशिक रोजगारीमा यीनीहरुको लुटतन्त्र चलिरह्यो । तर जव श्रम मन्त्रीका रुपमा गोकर्ण विष्टले श्रम तथा रोजगार मन्त्रालय सम्हाले तव लाखौ युवालाई विदेश पठाउने नाममा असुली धन्दा नै चलाउने गिरोह समुहहरुलाई हत्कडी लगाए । यति मात्र हैन ठगि रोक्न भन्दै मन्त्री विष्टले मलेसियामा जाने कामदारको श्रम स्विकृति नै रोकी दिए ।

तर अहिले भिसा आएका नेपाली युवाहरुको श्रम स्विृकती हुन नसक्दा मलेसियामा रोजगारीका लागि थप अन्यौलता छाएको छ ।