समितिको पहिलो काम प्रधानन्यायाधीशको सुनुवाई




२०७५ असार २७ बुधवार
Newsdesk Shikharnews

काठमाडौं । संसदमा संसदीय सुनुवाइ गठन भएपछि बल्ल समितिले काम शुरु गरेको छ । समितिमा सबैभन्दा ज्येष्ठ सदस्य रहेका लक्ष्मणलाल कर्णको सभापतित्वमा पहिलो बैठक बसेको छ ।

समितिले सबैभन्दा अघि प्रधानन्यायाधीशको लागि सुनुवाइ गर्नुपर्नेछ । सर्वोच्च अदालतमा गत चैत महिनादेखि कायम मुकायम प्रधान न्यायाधीशले काम गरिरहेका छन् ।

यस अघि नै संवैधानिक परिषदले प्रधान न्यायाधीशका लागि सर्वोच्चका वरिष्ठतम् न्यायाधीश दीपकराज जोशीको नाम पठाइसकेको छ । सुनुवाइ समितिको पहिलो काम प्रधानन्यायाधीशका लागि सिफारिस गरिएका जोशीको सुनुवाइ गर्नेछ ।

संघीय संसद्का दुवै सदनबाट सदस्य रहेको सुनुवाइ समितिले संविधानको धारा २९२ मा संवैधानिक परिषद्को सिफारिसमा नियुक्त हुने प्रधानन्यायाधीशको सुनुवाई गर्ने भएको हो । नियुक्ति हुनुअघि व्यवस्था छ ।

सुनुवाइ समिति गठन भएसँगै रिक्त रहेका संवैधानिक निकायका पदाधिकारी, राजदूत लगायतको नियुक्त गर्ने बाटो खुलेको छ ।