चर्को विरोध पछि माफी माग्दै युट्युवबाट गीत हटाए पशुपति शर्माले
२०७५ फागुन ४ शनिवार
पाल्पा, २७ असार – सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिने व्यवस्था गरेसँगै स्थानीय सरकारले शैक्षिक प्रमाणपत्रका आधारमा ऋण दिन थालेका छन् । बीएको सर्टिफिकेट राखेर एक युवालाई गाउँपालिकाले ४ लाख रुपियाँ ऋण दिएको छ ।
युवा लक्षित युवा स्वरोजगार (कृषि विकास, पशु सेवा) कार्यक्रम सञ्चालनका लागि चालू वर्षमा विनियोजित रकम ७ लाखबाट ऋण उपलब्ध दिइएको हो । युवा समूहका अगुवा प्रेमबहादुर बगालेको समाजशास्त्र स्नातक तह उत्तीर्ण गरेको प्रमाणपत्र धितो राखेर समूहका सदस्यलाई ४ लाख रुपैयाँ उपलब्ध गराइएको छ ।
पाल्पाको बगनासकाली गाउँपालिकाले युवालाई शैक्षिक प्रमाणपत्र धितो राखेर ऋण दिने काम थालेको छ । गाउँपालिकाले सार्वजनिक सूचना जारी गरी प्रस्ताव मागेर कृषि तथा पशुपालनका लागि ऋण दिन शुरु गरेको हो ।
बगनासकाली गाउँपालिकाका अध्यक्ष कृष्णप्रसाद बस्यालले शैक्षिक बेरोजगारी हटाउन युवालाई शैक्षिक प्रमाणपत्रका आधारमा ऋण प्रदान गरिएको बताएका छन् । उनका अनुसार गाउँमा पनि धेरै युवा शैक्षिक बेरोजगार छन्, केही विदेशमा श्रम गरिरहेका छन्, अब गाउँमै स्वरोजगारीतामार्फत रोजगारी सञ्चालन गरुन् भनेर ऋण दिन लागिएको हो ।