तपाईको आजको राशिफल / वि.सं. २०७५ असार २८ गते बिहिबार




२०७५ असार २८ बिहीवार
Newsdesk Shikharnews

मेष

सामान्यतया दिन अनुकुल देखिन्छ । कार्य क्षमता घट्ने छैन । गरेका काम अधिकाँश सफल हुने देखिन्छ । अरुको सहयोग कमै मिल्नेछ । व्यापार व्यवसायबाट सामान्य आम्दानी हुनेछ ।

बृष

विना मेहनत कहि केहि हुने छैन । आर्थिक कारोवारमा चनाखो हुनु नै होला । भय आतुरमा कुनै काम नगर्नु होला । अरुबाट सहयोगको आसा धेरै नराख्नु होला । व्यापारबाट थोरै आम्दानी बढ्नेछ ।

मिथुन

दिन सामान्यतया अनुकुल नै देखिन्छ । लगनशिल भई गरेका काम सफल हुनेछन् । आफन्तका कारण धन क्षय हुने देखिन्छ । कुरा भन्दा काममा जोड दिनु होला । अरुका कुरालाई झट्ट विश्वास नगरिहाल्नु होला ।

कर्कट

खर्च व्यवस्थापन गर्न नसके आर्थिक समस्यामा परिनेछ । काम गरेर लाभ लिन सकिने छैन । अनावस्यक काम कुरामा समय खर्च हुनेछ । नदुखेको टाउको दुखाउने काम हुन सक्छ । विश्वास घात हुनेछ ।

सिंह

देखिएका सम्भावनाहरु क्षिण भएर जाने छन् । कुनै काम गर्नु छ भने समयमा नै गर्नु होला । गरेका काम सफल हुनेछन् । व्यापार व्यवसायबाट सोचे जस्तो लाभ लिन सकिने छैन ।

कन्या

आज काम दाम र नाम प्राप्त हुनेछ । विगतमा गर्न नसकिएका काम आज हुने छन् । नसोचेका ठाँउबाट धन आउन सक्छ । काम गर्दा दुविधामा नपरि गर्नु होला ।

तुला

सुधारका संकेत देखिने छन् । कामले पनि गति लिनेछ । नोकरी तथा राजनीतिमा नयाँ अवसरको खोजी हुनेछ । घरमा भन्दा घर बाहिर बसेर काम गर्दा सजिलो हुनेछ ।

बृश्चिक

समयले साथ दिएको देखिदैन । काम गर्दा विभिन्न समस्या झेल्नु पर्ला । चोटपटकको भय देखिन्छ । जोखिम मोलेर काम नगर्नु होला । आर्थिक कारोवारमा विवाद पर्न सक्छ ।

धनु

आएको अवसर गुम्न सक्छ समयमा सतर्क रहनु होला । आज गरेका काम प्राय सफल हुनेछन् । व्यापार व्यवसायबाट पनि आँशिक लाभ हुनेछ । आर्थिक कारोवारमा टाउको दुखाई बढि हुनेछ ।

मकर

शत्रु माथि विजय प्राप्त हुनेछ । प्रतिश्पर्धात्मक काममा सफलता मिल्नेछ । व्यापार व्यवसायमा नयाँ सम्भावना देखिने छन् । नयाँ कामको बारेमा विचार विमर्श हुनेछ ।

कुम्भ

इच्छाशक्ति बढि हुनेछ भने काम थोरै कुरा धेरै हुने छन् । व्यापारमा खासै प्रगति हुने देखिन्न । परिवारजनमा मनमुटाव बढ्न सक्छ । आर्थिक कारोवारमा विवाद पर्न सक्छ ।

मीन

समस्यको जालोबाट उम्केर अगाडि बढ्नु पर्ने देखिन्छ । घरका कुरामा मात्रै अल्झिनु भयो भने प्रगति हुने छैन । मिलेर काम नगर्नु होला । मेहनतपूर्वक गरेका काम सफलता हुनेछन् ।