प्रथम मेयर कप सप्तरी प्रिमियर लिग उद्घाटन खेलमा तिलाठी कोइलाडी पराजित

२०७५ असार २८ बिहीवार
Newsdesk Shikharnews

अस्बिन खड्का,असार २८

आज बाट सप्तरी क्रिकेट संघको आयोजनामा प्रथम मेयर कप सप्तरी प्रिमियर लिग प्रतियोगिता सुरु भएको छ । पब्लिक विन्देश्वरी माध्यमिक बिद्यालय मैदानमा सुरु भएको प्रतियोगिताको उद्घाटन राजविराज नगरपालिका का मेयर सम्भु यादबले गरेका थिए ।

टस जितेर ब्याटिंग गरेको सिद्धान्त लोहनी कप्तान रहेको बोदे बर्साइनले १९.१ ओभरमा ८६ रन बनाउन सफल भयो । जितको लागी ८७ रन को लक्ष्य पछ्याउने क्रममा जित नजिक पुगेको तिलाठी कोइलाडी ४ रन बनाउन नसक्दा खेलमा पराजित भयो ।

मेहबुब आलमको कप्तानीको टिमले अन्तिम २ बल मा ६ रन बनाउन नसक्दा प्रतियोगिता मा हार खान पुगेको हो । खेलको प्लेयर अफ द म्याच ४ विकेट लिएका बोदेका बलर नन्दन झा घोषित भए जसलाई राजबिराज न.पा. वडा नम्बर ८ का अध्यक्ष जयनारायण मण्डलले अवार्ड तथा रु. १ हजार ५०० प्रदान गर्नु भयो।