श्रीमतीको हत्या गरेर प्रहरीलाई खबर गरे पछी..

२०७५ साउन ४ शुक्रवार
Newsdesk Shikharnews

र्इलाम,४ साउन । आफ्नो श्रीमतीको हत्या गरेर प्रहरीलाई झुक्याउन खोज्ने व्यक्ति पक्राउ परेका छन्। सूर्योदय नगरपालिका–२ बौद्धधाम बस्ने ४८ वर्षीय केशरबहादुर मोक्तानलाई प्रहरीले पक्राउ गरेको हो। श्रीमतीको कालगतिले मृत्यु भएको भनी उनले स्थानीय तथा प्रहरीलाई खबर गरेका थिए।

अनुसन्धानको क्रममा श्रीमतीसँगको झगडामा केशरबहादुरले बाँसको लाठीले कुटपिट गर्दा मनमायाको मृत्यु भएको खुलेको हो। मोक्तानले बुधबार राती ५१ वर्षीया श्रीमती मनमायाँ मोक्तानको हत्या गरेका हुन्। कर्तव्य ज्यान मुद्दामा प्रहरीले कारबाही गर्ने ईलाम प्रहरी ले जनायको छ।