आफुले भनेको नमानेपछि मेयरले गरे कर्मचारीमाथि हातपात

२०७५ साउन ४ शुक्रवार
Newsdesk Shikharnews

अस्बिन खड्का, साउन ४

सिरहाको कर्जन्हा नगरपालिकाका मेयर गंगा पासवानले आफ्नै कर्मचारीमाथि हातपात गरेका छन् । नगरपालिकाले खरिद गरेको माटो खन्ने जेसीबी गाडीको भ्याट बिल बिना नै भुक्तानीको लागि कागज पत्र मिलाउनु भनेको तर कर्मचारी ले झुटो काम गर्ने नमानेका कारण नगरपालिका का जिन्सी शाखा तथा प्रशासन शाखा प्रमुख बलिराम यादव माथि बिहीबार बेलुका कुटपीट भएको छ ।

चार दिनअघि काठमाडौंबाट बिक्रेता कम्पनीले पठाइदिएको जेसीबी मेसिन को भुक्तानीको लागत बिल भर्पाई मिलाउन मेयर गंगा पासवालले दबाब दिएपछि आफूले भ्याट बिल बिना यसको काजगपत्र मिलाउन नसकिने बताएपछि आफूमाथि आक्रमण गरेको यादवले बताए ।

यादवले मेयरले निकासाको लागि कागजपत्र मिलाउन दबाब दिएपछि विवाद बढ्दै जाँदा आक्रमण गरेको बताए उनले भने, ‘प्रशासकीय प्रमुख रमेशकुमार दास र मेयर पासवान सँगै आएर केही हुँदैन मिलाउनुस् भनेर दबाब दिएपछि मैले नमानेपछि मेयरले हातपात गर्न थालिहाल्नुभयो अनि मैले पनि प्रतिरोध गरेँ उनले भने आफु कानुन बिपरित काम नगर्ने समेत बताय ।