राणा कालीन सतपात्र !




२०७५ साउन १२ शनिवार
Nabin Poudel

–नविन पौडेल

राणाकाललाई नेपालको कालो ईतिहासका रुपमा चित्रण गरिन्छ । वि.सं. १९०४ मा कोतपर्व बाट शक्तिमा आएका राणाहरुको शासनकाल १०४ वर्ष सम्म सह्यो अर्थात वि. सं. २००७ फागुन ७ मा प्रजातन्त्रको उदय र राणा शासनको अन्त्य भयो । कोतपर्व र जंगबहादुर दुई युगले मागेको घटना मानिन्छन् । तर जंगबहादुरको मृत्युपछि राणाकाल भरी उनी जस्ता शासक कोही आएनन् । जंगबहादुरले शुरु गरेको एग्नेट प्रथा अर्थात आफूपछि शासन सत्ता भाईहरुमा जाने र क्रमश छोरा भतिज प्रधानमन्त्री हुने व्यवस्था पुरै १०४ वर्ष सम्मै चल्यो । र राणा शासन अन्त्य हुनुको एक प्रमुख कारण त्यो पनि रह्यो ।

के हामीले सोचे जस्तै राणाकालमा सबै खराब र क्रुर शासक मात्र थिए त ? पक्कै होईन राणाकालमा केही असल र उदारवादी प्रधानमन्त्री पनि थिए । जो जनताका हक अधिकार सुनिश्चित गर्न र देश विकास गर्न चाहन्थे । तर उनीहरुलाई आफ्ना दाजुभाईले साथ दिनु त परै जाओस उल्टै शक्तिबाट हटाउने षड्यन्त्र रच्न थाले ।

सबैभन्दा पहिले राणाकालका असल शासक भनेर जंगबहादुरलाई नै चिन्न सकिन्छ । दरबार भित्र भैरहेको खिचातानीले देशको राजनीति अस्तव्यस्त भएको थियो । राजा राजेन्द्र वीरविक्रम शाह आफ्नी दुईवटी रानी, साम्राज्यलक्ष्मि र राज्यलक्ष्मि बिचको मनमुटाव, युवराज सुरेन्द्र र उपेन्द्रको व्यवहार देखेर आफ्नै मानसिक सन्तुलन गुमाउने अवस्थामा थिए । यस्तोमा निश्चित कारण वस भएको कोतपर्व मार्फत जंगबहादुर राणा र उनका भाईहरु मिलेर शक्ति आफ्नो हातमा लिए । जसका कारण देशम स्थिरता कायम रह्यो । शक्ति आफ्नो हातमा भए पनि जंगबहादुरले त्यसको दुरुपयोग गेनन् । उनको पालामा नेपालमा औपचारिक शिक्षाका सुरुवात भयो, सति प्रथामा रोक लगाईयो, यद्यपि कानुनी रुपमा दण्डनिय भनेर चन्द्र शमशेरले ठह¥याएका थिए , अन्तराष्ट्रिय सम्बन्ध कायम गरियो । राज्यको सम्पुर्ण शक्ति आफ्नो हातमा भए पनि राजा र दरबारलाई गर्नुपर्ने सम्मान सँधै गरिरहे । जंगबहादुरका केही व्यक्तिगत कमीकमजोरीहरु रहे पनि समग्रमा उनलाई राणाकालका एक असल शासकका रुपमा हेर्न सकिन्छ ।

राणाकालका अर्का देशभक्त प्रधानमन्त्री भनेर रणोद्दिप सिँहलाई चिनिन्छ । सम्भवत उनी नेपालको इतिहास कै सबैभन्दा असल प्रधानमन्त्री हुन् । जंगबहादुरको निधनपछि प्रधानमन्त्री बनेका रणोद्दिपले करिब एघार वर्ष शासन गरे । उनको कार्यमा भाई धिर शमशेरले प्रत्यक्ष हस्तक्षेप गरेपछि उनी आफ्नो नीति अनुसार काम गर्न पाएनन् । राष्ट्रको ढुकुटिबाट आफ्नो स्वार्थका पूर्तिका लागि पैसा झिक्नुलाई गौहत्या सरह पापकर्म मान्ने रणोद्दिप आफ्नै दाईका छोराहरुबाट मारिनु प¥यो । आफ्नो शेख पछि प्रधानमन्त्री जंगबहादुरका छोरा जगतजंग, जसको प्रधानमन्त्री बन्ने रोलक्रम पहिले नै काटिइसकेको थियो, लाई शासन हस्तान्तरण गरी आफु कासी जाने योजना शमशेर भाईले थाहा पाएपछि वि.सं. १९४२ मा रणोद्दिप र जगतजंगको हत्या गरेका थिए ।

दाईको छोरो प्रधानमन्त्री बन्यो भने आफू बन्न नपाउने भएकाले धिर शमशेरले विविध षड्यन्त्र गरी जगतजंगको रोलक्रम काटिदिएका थिए । राजा सुरेन्द्र र युवराज त्रैलोक्यको साथ र नेपाली जनताको प्रेम पाएका जगतजंग तत्कालिन नेपालको प्रधानमन्त्री भएका भए नेपालको इतिहासको फरक मोड देख्न सकिन्थ्यो । आफ्ना बावु प्रधानमन्त्री तथा श्री ३ महाराज हुँदा हुँदै पनि आफ्नो रोलक्रम काटिनुपरेकाले उनलाई इतिहासको अभागी पात्रका रुपमा हेरिन्छ । २०४२ सालको काण्डमा उनीसँगै उनका छोरा नाति जर्नेल पनि मारिएका थिए ।

वि.सं. २०५७ सालमा प्रधानमन्त्री विर शमशेरको मृत्युपछि अर्का शमशेर भाई देव शमशेर प्रधानमन्त्री भए । रोलमा खड्ग शमशेर भएतापनि उनको असामयिक निधनका कारण देव प्रधानमन्त्री भए । देव शमशेरले आफ्नो शासनकालमा शिक्षा क्षेत्रमा विशेष योगदान गरे । गोरखापत्र उनकै पहलमा सुरु भएको थियो, साथै देव शमशेरले साहित्य विकासमा पनि निकै योगदान पु¥याएका छन् । निकै छोटो समयमा धेरै विद्यालय निर्माण गरेका देव शमशेरलाई आफ्नै भाई चन्द्र शमशेरले षड्यन्त्र रची पदच्युत गरे । त्यसपछि उनी भारतको देहरादुनमा गएर बाँकि जीवन बिताए ।

अर्का उदार प्रधानमन्त्री थिए पद्म शमशेर जो आफूलाई जनताको नोकर ठान्दथे । उनी चन्द्र शमशेरका छोरा हुन् । जुद्ध शमशेरले समय नपुग्दै सन्यासी बनेर बाँकि जीवन पाल्पामा बिताउने भएपछि वि.सं. २००२ मा पद्म शमशेर प्रधानमन्त्री बनेका थिए । उनी निकै भावुक भएकाले उनलाई रुन्चे प्रधानमन्त्री पनि भनिन्थ्यो । स्कुलका पिता पनि भनेर चिनिने पद्मशमशेरको पालामा पनि थुप्रै विद्यालयहरु निर्माण भए । फलस्वरुप त्यो कुरा प्रधानमन्त्रीको रोलक्रममा रहेका मोहन शमशेरलाई चित्त बुझेन र उनको पद खोसियो ।

जंगबहादुर, रणोद्दिप, देव शमशेर र पद्म शमशेर बाहेकका प्रधानमन्त्रीले पनि केही उल्लेख्य काम गरेका छन् । जस्तै चन्द्र शमशेरले त्रिचन्द्र कलेजको स्थापना गर्नु, जुद्ध शमशेरले औद्योगिक विकास गर्नु आदि तर जनता प्रतिको जिम्मेवार बोध र राष्ट्रप्रेमको भावनाका हिसाबले यी प्रधानमन्त्री पछाडी छन् ।