श्रीमतीसँग यस्तो हालतमा भेटिए फुटबल खेलाडी

२०७५ साउन १३ आइतवार
Newsdesk Shikharnews

लण्डन । रसियामा सम्पन्न विश्वकप फुटबलमा चर्चामा रहेका क्रोएसियाका मिडफिल्डर इभान राकिटिक फेरि चर्चामा आएका छन् ।

क्रोएसियाका धेरैजसो खेलाडी आ–आफ्ना क्लबमा फर्किसकेका छन् । तर, राकिटिक भने अहिले श्रीमती राक्वेल माउरीसँग बिदा मनाइरहेका छन् ।

विश्वकप समाप्त भएको लगभग दुई साता हुन लाग्दा पनि राकिटिकले श्रीमतीसँग पछिल्लो एक सातादेखि विभिन्न सहरमा मस्ती गरिरहेका फोटाहरू इन्स्टाग्राममा पोस्ट गरिरहेका छन् । राकिटिकले पोस्ट गरेका तस्बिरहरूमा अहिलेसम्म एक लाखभन्दा बढीले लाइक गरिसकेका छन् ।

उनकी श्रीमती माउरीले भने श्रीमानसँगको रमाइलो गरिरहेको क्षणका तस्बिरहरू पोस्ट गरेकी छैनन् । लामो ब्रेक र विश्वकपपछि श्रीमान्सँग बिदा मनाउने अवसर पाएपछि माउरी निकै दंग देखिन्छिन् । एजेन्सी