मृत्युको मुखमा ५ बर्षिय बालक! क्यान्सर पीडित साइरस श्रेष्ठको जीवन रक्षाको लागि अपिल




२०७५ साउन २२ मंगलवार
Newsdesk Shikharnews

सिन्धुपाल्चोक चौतारा नगरपालिका वडा नम्बर ९ स्थायी घर भइ हाल बसुन्धारा बस्दै  आएका ५ बर्षीय बालक साइरस श्रेष्ठ व्लड क्यान्सर तथा बोनम्यारो रोगको समस्याबाट पीडित छन् ।  उनको नेपालमा धेरै चोटि उपचारको प्रयास गर्दा पनि सम्भव नभएपछि भारतको कोलकातास्थित टाटा मेमेरियल अस्पतालमा उपचार भइरहेको साइसरका माईजु किशोरी श्रेष्ठले शिखरन्युज सम्बादाता सङ्ग कुराकानी गर्दै भनिन् ।

भारतीय डाक्टरका अनुसार उनको उपचार गर्नका लागि कम्तिमा १५ देखि २० लाख भारतीय रुपैया (आईसी) र अवस्था हेरेर त्योभन्दा बढि खर्च लाग्ने भएको छ । गत साउन २ गते बाट साइरस कोलकातास्थित टाटा मेमोरिय अस्पतालमा उपचारत छन् । साइरसको परिवारको आर्थिक अवस्था एकदमै कमजोर भएको र यति धेरै रकम जुटाउन नसक्ने भएको हुनाले उनको परिवार र आफन्तले सहयोगको लागि देश तथा विदेशमा बस्नुहुने सम्पुर्ण नेपालीहरुलाई हार्दिक अनुरोध गरिरहेका छन् ।

साइरसका बुवा नारायण श्रेष्ठ सिन्धुपाल्चोककै एक रिसोर्टमा कुकको काम गर्छन् । उनले मासिक पुग नपुग १५ हजार जति कमाउछन् । उक्त कमाईले घर चलाउन पनि मुस्किल भइ रहेको बेला कहाँ र कसरी उपचार खर्च जुटाउनु भनेर चिन्ताको आगोले जलि रहेको उनले बताए । अहिलेसम्म साइरसको उपचारमा ६ लाख जति खर्च भईसकेको र उक्त रकम पनि आफन्तहरुसंग ऋण लिएको उनका माईजु किशोरी श्रेष्ठले बताईन् । आफ्नो भान्जाको जीवन रक्षाका लागि सम्पुर्ण सहयोगी मनहरुलाई सहयोग गरिदिनुहुन उनले बिन्रम आग्रह गरि रहेकि छिन ।

५ बर्षीय साइरस युकेजीमा अध्ययनरत छन् । आमा शुसिला श्रेष्ठले पनि छोरा साइरसको उपचार खर्च जुटाउन र उसको ज्यान बचाउनका निमित्त कोलकाताबाटै हारगुहार गरिरहेकि छिन ।

देश तथा विदेशमा रहनु हुने सम्पुर्ण नेपाली दाजुभाई तथा दिदी बहिनीहरुले सकेको अमुल्य सहयोग गरि एउटा  सानो ५ बर्षिय बालकलाई मृत्युको मुखबाट बचाइ नवजीवन दिनु हुनेछ भनी हामी शिखरन्युज परिवारको तर्फबाट हार्दिक अपिल गर्दछौं ।

सहयोगका लागि : -किशोरी श्रेष्ठ
सम्पर्क : 9849090807

NIC ASIA BANK LTD. A/C 1387747517524001                                             ( Kishori Tamang)