महिला शसक्तिकरणका लागि “स्टेम” कार्यशाला

२०७५ साउन २३ बुधवार
Newsdesk Shikharnews

काठमाडाै, २३ साउन । बिज्ञान, प्रबिधि, इन्जीनियरिंग र गणित संकायमा रुची नहुने महिलाहरूकाे समास्या समाधान गर्ने उद्देश्यका साथ ३ दिने गल्स इन स्टेमकाे अायाेजना गरिएकाे छ ।  युनेस्कोको  तथ्यांक अनुसार स्टेमको क्षेत्रमा महिलाले ३० प्रतिशत मात्र रोजगारी ओगटेको छ, तर यस क्षेत्रमा कम तथा मध्यम आर्थिक श्रोत भएका देशका लागि टेवा पुग्ने र आर्थिक रुपले धेरै सहयोग हुने विधाहरु पर्दछ । यहि समस्याको समाधानका लागि टिच फर नेपालका पुर्व प्रज्ञार्थीहरु ले ३ दिने कार्यशालाको आयोजना गरेका हुन् ।


प्राविधिक शिप बिकासका साथै यो कार्यशालामा छात्राहरुले महिला माथि हुदै आएको विभेदका बिरुद्ध चेतनाको विकास गरेका छन् ‘ कार्यशालाका सह ब्यबस्थापक तथा टिच फर नेपालका पुर्व प्रज्ञार्थी ऋचा न्यौपाने बताउनुभयो । यो कार्यक्रमको उदेश्य ग्रामिण भेगमा रहेका छात्राहरुलाइ “स्टेम” को बारेमा जानकारी दिन र यसमा आफ्नो भबिस्य बनाउन उत्प्रेरणा दिन रहेको बताउनुभयो ।उक्त कर्यक्रममा टिच फर नेपालमा कार्यरत ८ बिद्यालयबाट २० छात्राको सहभागिता रहेको आयोजकले बताएकाे छ । ३ दिने कार्यशाला अन्तर्गत छात्राहरुले रोबोट बनाउन, माइक्रोसफ्ट पावरपोइन्ट र वोर्ड, गुगल सर्च गर्न र इ मेल पठाउने र पाउने तरिका पनि सिकेका थिए । विद्यार्थीहरुले रोचक तथा ज्ञानबर्दक रुपमा कक्षामा प्रस्तुत गर्ने तरिका र बिज्ञान, प्रबिधि, इन्जीनियरिंग र गणित बिषयबाट राम्रो भबिष्य बन्न सक्ने बारे पनि ज्ञान प्राप्त गरेका छन् ।

“यो कार्यशालाबाट छात्राहरुको आत्मबिश्वास बढेको र उनीहरुका कुरा पनि महत्वपुर्ण हुन्छ भन्ने कुरा बुझे “ कार्यशालाका आयोजक तथा टिच फर नेपालका पुर्व प्रज्ञार्थी शिना श्रेष्ठले बताउनुभयो । कार्यशालाबाट छात्राहरुले क्षमता विकास गरी रोजगारको अवसरका बारे पनि जान्न सफल भएको उहाँले बताउनुभयो । यस कार्यशालाबाट आयोजकले सहभागी छात्राहरुलाइ स्टेमको पाठ्यक्रमबाट क्षमता बिकास गर्ने र जीवनमा आउने विभिन्न समस्याहरुको सामना गर्न प्रयास गरेको बताएका छन् ।“कार्यक्रम बाट छात्राहरुले समूहमा कार्य गर्न, जीवनका अभिन्न मूल्य मान्यता बुझ्न र आत्मबिश्वास बढाउँन सहयोग पुगेको छ ।” यस कार्यक्रमका अर्का आयोजक आस्था खत्रीले बताउनुभयो । “यो कार्यशालाको मुख्य उद्देश्य छात्राहरुले उनीहरुका समस्या समाधान गर्न आफुले नै भूमिका खेल्न उत्प्रेरित गराउनु हो र यसको सुरुवात स्टेमबाट भएको छ । मौका मिले महिलाले पनि देश बदल्न आफ्नो योगदान दिनसक्छ ।”

Advertisement