सिम टिभिमा नयाँ च्यानल थप, सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान




२०७५ साउन २४ बिहीवार
Newsdesk Shikharnews

काठमाडाै, २४ साउन । सबैभन्दा भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टि.भी.मा  ग्राहकहरुको लागि थप मनोरञ्जनात्मक सामाग्रीहरु थपिने भएकाे छ । उक्त च्यानलहरू अाफ्ना ग्राहकहरूलार्इ निशुल्क प्रदान गरिने  भएकाे हाे ।

सिम टिभिले अाज प्रेश विज्ञप्ति जारी गर्दै अाफ्ना ग्राहकहरूलाइ मनाेरन्जनात्मक सामाग्रीहरू थप गरेकाे बताएकाे छ । थपहुने च्यानलहरूमा रमाइलो एच.डि. (Ramailo HD), एक्सन स्पोर्टस् एच.डि.  (Action Sports HD), , प्लस मुभि (Plus Movie), , जुनियर टि.भि. (Junior TV), बलिउड बिट्स (Bollywood Beats), सिने हिट्स (Cine Hits) र गुञ्जन (Gunjan) जस्ता मनोरञ्जनात्मक च्यानलहरु रहेका छन् ।

प्लस प्याकेज अन्तर्गत रहने यी च्यानलहरु हालका लागि सम्पुर्ण ग्राहकहरुलाई निःशुल्क प्रदान गरिने पनि विज्ञप्तिमा भनिएकाे  छ ।  रमाइलो एच.डि. (Ramailo HD) मा नयाँ नेपाली हाँस्य श्रृंखला माइकल ज्याक्सन, शेरेले हसाउँछ, दृष्टि र नेपालीमा अनुबाद गरीएका चर्चित हिन्दि टेलिश्रृंखला – आनन्दी र जड्यौरी जस्ता मनोरञ्जनात्मक कार्यक्रमहरु हेर्न सकिने छ भने नेपालकै पहिलो स्पोर्टस् च्यानल एक्सन स्पोर्टस् एच.डि. (Action Sports HD) मा नेपालभर हुने फुटबल, क्रिकेट लगायतका विभिन्न खेलहरुको प्रत्यक्ष प्रसारण का साथै राष्ट्रिय तथा अन्र्तराष्ट्रिय खेलकुद सम्बन्धि विभिन्न कार्यक्रमहरु प्रसारण हुन्छन् । प्लस मुभि (Plus Movie) च्यानल मा दैनिक लोकप्रिय नेपाली सिनेमाको मज्जा लिन सक्ने  विज्ञप्तिमा उल्लेख छ  । 

त्यस्तै विज्ञप्तिमा नेपालकै पहिलो र एकमात्र कार्टुन च्यानल जुनियर टि.भि. (Junior TV) मा  बालबबालिकाहरूले कार्टुन तथा ज्ञानगुनका सामाग्रीहरु को हेर्न पाउने उल्लेख छ। बलिउड बिट्स (Bollywood Beats) च्यानलमा दर्शकहरुले हिन्दी सिनेमाका चर्चित गीतहरु हेर्न सक्नुहुनेछ ।
गुञ्जन (Gunjan) च्यानलमा नेपालभरका लोक भाकाहरु प्रशारण हुनेछन् । नेपाली लोक संगीतमा रमाउने दर्शकहरुका लागि यो च्यानलले भरपुर मनोरञ्जन प्रदान गर्नेछ ।

विशुद्ध नेपाली चलचित्रका गीतहरु मात्र प्रशारण हुने च्यानल सिने हिट्स (Cine Hits) मा दर्शकहरुले नेपाली चलचित्रका नयाँ तथा पुराना गीतहरुको आनन्द लिन सक्नुहुनेछ । अन्य कुनै पनि केबलहरुमा उपलब्ध नभएका यी च्यानलहरुबाट सिम टि.भि.का ग्राहकहरुले भरपुर मनोरञ्जन लिन सक्ने विज्ञप्तिमा भनिएकाे छ ।

सबैभन्दा भरपर्दो र गुणस्तरीय नेपालको नं. १ डिजिटल केबल नेटवर्क सिम टि.भी. प्रयोग गरी एक्सक्लुसिव च्यानलहरुको निःशुल्क सेवाको भरपुर मनोरञ्जन लिनुहोस् ।