प्रदेश १ को प्रमुख सचिव फेरबदल गर्दै केन्द्र सरकार




२०७५ साउन २५ शुक्रवार
Newsdesk Shikharnews

काठमाडौं, साउन २५ ।प्रदेश १ का मुख्यमन्त्री शेरधन राई लाई समेत बिना जानकारी केन्द्र सरकारले प्रदेश १ को प्रमुख सचिव हेरफेर गरीरहेको छ। मुख्यमन्त्री शेरधन राई निकटतम साेत्रका अनुसार केन्द्रको सरकारले मुख्यमन्त्री शेरधन राई लाई समेत छक्याउँदै प्रमुख सचिव फेरबदल गरिरहेको बताए।

मुख्यमन्त्री राईको नेतृत्वमा पहिलो पटक सरकार गठन हुँदा प्रमुख सचिव थिए यादव कोइराला उनी सरकार गठनको  तीन महिना नपुग्दै गत वैशाखमा केन्द्र सरकारले कोइराला लाई सरुवा गरी उनको ठाउँमा सुरेश प्रधानलाई पठायो।प्रधान पनी तीन महिना नपुग्दै गत साता सरुवा भए।मन्त्रिपरिषद्ले बुधबारको बैठक पछि केदार न्यौपानेलाई त्यहाँ पठाएको छ । उनी पनि कायममु कायम मात्रै हुन् । प्रदेश सरकार बनेको ६ महिना भित्र मै तीन प्रमुख सचिव फेरिनु आफैँमा अनौठो कुरा त थियो,तर पनि यो कुरा प्रदेशका मुख्यमन्त्री शेरधन राई लाई पनि जानकारी दिइएको थिएन।जब केन्द्र ले निर्णय गरेपछी मात्र मुख्यमन्त्रीले थाहा पाउँथे ।

मुख्यमन्त्री शेरधन राईले आफूलाई थाहै नदिएर प्रमुख सचिव फेरबदल गरिएकोमा आफु र प्रदेश को तर्फबाट असन्तुष्टि पोखे। प्रदेश सरकारहरू संविधानत  स्वायत्त शासकीय अभ्यासका लागि बनेका हुन तर ६ महिना बित्दा पनि उनीहरू आफ्नो कानुन र स्वायत्त किसिमले चल्न पाएका छैनन।बरु उल्टै प्रदेश सरकार बाट भयको निर्णयहरु केन्द्रीय मातहतमा रहेका कार्यालय हरु ले मान्दैनन।हिजो मात्र आदिवासी दिवसको अवसरमा प्रदेश ले दिएको सार्बजनिक बिदा को दिन पनि आ-आफ्नो कार्यालय खोलेर बस्ने काम गरे।यो बिषयमा पनि १ नम्बर प्रदेश का कानुन मन्त्रि हिक्मत कार्कीले आक्रोश व्यक्त गरेका थिए।