प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने : पहाडी

२०७५ साउन ३१ बिहीवार
NewsDesk Shikharnews

काठमाडौं, ३१ साउन । मानवअधिकार तथा शान्ति समाजका संस्थापक सभापति तथा नागरिक अगुवा कृष्ण पहाडीले प्रेस स्वतन्त्रता संकुचन स्वीकार्य नहुने बताएका छन् । पहाडीले प्रेस स्वतन्त्रता कुण्ठित हुने आशंका बढेको, पेशागत समूहहरुले असुरक्षाको अनुभव गरेको, समावेशी र समानताका मूल्यहरुमाथि प्रहार हुन थालेको जस्ता घटनाहरुप्रति चिन्ता पनि व्यक्त गरेका छन् ।

मानव अधिकार तथा शान्ति समाजद्वारा काठमाडौँमा आयोजित मासिक शान्ति काव्य प्रवाहको ७० औँ श्रृंखलामा बोल्दै पहाडीले स्वतन्त्रताको पक्षमा सर्जकहरु पनि सजग रहनुपर्ने आवश्यकता औंल्याए । कवि रुद्र अधिकारीले आफ्नो कवितामा “कवि हो कविता पनि कम लेख्ने गर, फेरि सरकारले कर लगाउन सक्छ” भन्दै हाल देशमा चलिरहेको कर आतंकप्रति व्यङग्य गरेका थिए । समाजका सभापति डा. गंगाधर अधिकारीको सभापतित्वमा सम्पन्न मासिक शान्ति काव्य प्रवाहमा ३८ जना कविहरुले कविता, गजल, मुक्तकहरु प्रस्तुत गरेका थिए ।

काव्य प्रवाहमा कविहरु ज्ञानुवाकर पौडेल, रामबहादुर पहाडी, मदन कार्की, रत्ननिधि रेग्मी शुक्राचार्य, कृष्ण कँडेल, ऋचा, प्रा.डा. जीवन अधिकारी, जसध्वज गुरुङ, बाबुराम लामिछाने, भाग्यशाली अधिकारी, मञ्जुश्री प्रधान केसी, पार्वती भट्ट, कुसुम शर्मा, विमला दाहाल, सीता सुवेदी, भुवन सिवाकोटी, प्रकाशमणि दाहाल, त्रिभुवचन्द्र वाग्ले, शिवराम खड्का, निराजन तिमल्सिना, अतृप्त पाण्डे, ओमप्रसाद कोइराला, पुन्य गौतम विश्वास, त्रिपुरा पौडेल, गगनदीप सर्व, राजेन्द्रप्रसाद ढुंगाना, शर्मिला कार्की, निर्मल पराजुली, सुनिता सापकोटा, अशोक घिमिरे, रविन्द्र आशीष शैली, गंगा कर्माचार्य, देवकी ढुंगाना, चन्द्र श्री कार्कीसहित ३८ जना कविहरुले रचना प्रस्तुत गरेको समाजकी कार्यक्रम अधिकृत सरिता पौडेलले जनाएकी छन् ।

(exitonetaproom.com)