उदयपुरमा रहेको शहरी भबन डिभिजन कार्यालय सारीने: पुगेन उदयपुरे नेताको पहुँच




२०७५ भदौ ६ बुधवार
Newsdesk Shikharnews

काठमाडौं, ६ भदाै ।  भौगोलिक र पुन:संरचनाको दृष्टिकोणले खोटांग, र उदयपुर जिल्ला हेर्दैआयको उदयपुर जिल्लाको केन्द्र सदरमुकाम गाईघाटमा रहेको जिल्लाको एक मात्र डिभिजन कार्यालय, शहरी भबन डिभिजन कार्यालय सारिने भयको छ,यो डिभिजन कार्यालय लाई कि त हर्कपुर नभय विराटनगर लग्ने कुरा निश्चित छ

उदयपुर मा रहेको एउटा डिभिजन कार्यलय पनि सार्ने कुरा उदयपुर का कति नेता र सांसद लाई थाहा पनि नरहेको स्थानिय लब ढकाल ले बताए ?यस्ता महत्वपूर्ण कार्यालय लाई सार्ने बेला मा पनि सेबाग्राही लाई थाहा नै नभई डिभिजन कार्यालय सार्दा खोटांग, र उदयपुर मा हाल भईरहेको धेरै भबन हरु निर्माणधीन अवस्थामा छन्,येस्तोबेला कार्यालय नै सार्दा निर्माण सेवा हरु तथा प्राबिधिक हरु बाट काम गराउन वञ्चित हुनुपर्ने अवस्था आउने निर्माण ब्यबसायी विनोद पाण्डे बताउछन।         कुनियतले,विभेदपूर्ण तथा अव्यावहारिक निर्णय गरिएकाले निर्णय फिर्ता लिनुपर्ने उदयपुर निर्माण संघ का अध्यक्ष भीमबहादुर राई ले समेत बताए,अर्का ब्यबसायी प्रेम तिमल्सिना ले यसलाई बरु अरु ठुलो डिभिजन बनाउनु पर्ने मा एक्लौटी ढंगले बल्ल बल्ल उदयपुर ल्याएको एउटा डिभिजन कार्यलय पनि सार्ने कुरा ले उदयपुर बासी हरुको लागि समेत घाटा रहने बताए , स्थानिय होटेल ब्यबसायी इश्वर थापा ले भने, बल्लतल्ल आयको डिभिजन कार्यलय सार्न भनेपछि उदयपुरका नेताहरु लाई दोष दिन्छन् ?उनि भन्छन उदयपुर का कुनै नेताहरु को पहुँच नपुग्दा एस्तो भयको उनले बताए,अर्का स्थानिय कुमार राई ले भने अब सरकार मा नेकपा छ अनि हाम्रो ठाउँमा कांग्रेस को नेता माथि छ,केन्द्र संघ र जिल्ला मा फरक फरक पार्टीको नेता हरु भयर काम नै नलागेको समेत उनले बताए,  ‘

सरकार ले भन्दा पनि एस्तो काम मा स्थानिय नेताहरु को पहुँच कुरा अनुसार पनि येस्ता कार्यालय सारिने काम हुनसक्छ, उदयपुर प्रदेश सभा सांसद अम्बिका थापा का अनुसार यो कुरा को बिषयमा आफूलाई जानकारी नभएको र जानकारी पाएको भय एस्को लागी सम्वधीत निकायमा पहल गर्ने आफु तयार रहेको र अहिले पनि आफु सो निर्णय कहाँबाट कसरि कस्ले गरो भन्ने बिषयमा बुज्ने काम गरीरहेको ले आफ्नो तर्फबाट पहल गर्ने समेत सांसद थापा ले बताईन ,जहाँका लागि जुन ठाउँ पायक छ, त्यहाँ  कार्यालय राख्नु पर्छ,अब उदयपुर ,खोटांग  का जनताको लागी उदयपुरको गाईघाट उपयुक्त थियो,किन एस्तो निर्णय गरिँदैछ । यो गलत हो,’ उनले भनीन , ‘त्यसैले निर्णय खारेज हुनुपर्छ ।’अन्त:त यो प्रदेश सरकारको निर्णय हो भने यसकोलागि प्रदेश सभाका सदस्य हरु कमजोरी देखिनेछन र केन्द्रीय  निर्णय भए यसको लागी उदयपुरका २ सांसदको कमजोरी सिधै देखिने र यसको उतर अब आउने चुनावमा देखिने निश्चित छ ?किनकि?एउटा डिभिजन कार्यालय पनि उदयपुर जिल्ला मा नभयमा उदयपुरका नेता भन्न पनि प्रदेश र केन्द्रका सांसद लाई समेत आत्मग्यानी हुने धेरैजसोको भनाइ छ ।