New from Nepal

बंगलादेशमा बालगोपाल महर्जन?कसरी खेलाउछन टीम लाई

काठमाडौ ७,भदौ । यहि भदौ १९ देखि बंगलादेशमा साफ च्याम्पियनसिप २०१८हुँदैछ । जापानी प्रशिक्षक ग्योतोकु कोजी को  भिसा समस्याका कारण नेपाल प्रवेश गर्न नपाउँदा  नेपाली राष्ट्रिय फुटबल टोलीको प्रशिक्षकको जिम्मा बालगोपाल महर्जनले पाएका छन् ।

बालगोपालको  बंगलादेशको फुटबलमा निकै लामो सहयात्रा रहेको छ । सन् १९९३ मा नेपालले ढाकामा आयोजित दक्षिण एसियाली खेलकुदमा स्वर्ण पदक जित्दा महर्जन टोलीका सदस्य समेत रहेका थिए । त्यसपछि सन् २००० को दशकमा महर्जनले पटक पटक स्थानीय क्लब ब्रदर्स युनियनका लागि व्यवसायिक फुटबल खेले । सन् २०१६ मा बालगोपाल महर्जन नै प्रशिक्षक हुँदा नेपालले बंगबन्धु गोल्डकप जितेको थियो ।उनले टोलीलाई अपराजित रहँदै उपाधि दिलाए । उनको प्रदर्शनले प्रभावित भएर ब्रदर्स युनियनले उनलाई क्लबको प्रशिक्षकमा पनि नियुक्त गरेको थियो ।

यसपटक पनि बालगोपाल अन्तिम समयमा प्रशिक्षक भएका छन् । अहिले टोलीमा सम्मिलित अधिकांश खेलाडी युवा अवस्थामा बालगोपालकै प्रशिक्षणमा हुर्किएका छन् । विगत तीन,चार  महिनादेखि राष्ट्रिय टोलीका सहायक प्रशिक्षक रहँदै आएका बालगोपालले टोलीको कमजोर पक्ष पनि राम्ररी बुझेका छन् । नेपालले समूह चरणको खेलमा पाकिस्तानको सामना गर्दैछ त्यसपछि भुटान र आयोजक बंगलादेश सँग नेपाल भिड्नेछ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *