ट्रम्पले अमेरिकी चुनाव जिते युद्ध सहयोग रोकिने चिन्तामा युक्रेनीहरू
२०८१ कात्तिक १७ शनिवार
विराटनगर १०,भदौ । विराटनगर २ धरानरोड स्थित विक्की हार्डवेयर पसलमा सुरक्षा गार्डका रुपमा कार्यरत विराटनगर महानगरपालिका ४ पिपल चौकका टंकप्रसाद भट्टराई को हत्या विराटनगर ४ पुलचौक घर भएका २६ वर्षीय सन्जय सहनीले गरेको खुलेको छ ।
घटनाको एक साता वितिसकेपछि भए पनि प्रहरीले घटनामा संलग्नलाई आइतबार विहान विराटनगर १५ बाट पक्राउ गरेको छ । २६ वर्षीय सन्जय सहनी विराटनगरमा लामो समयदेखि ठेला चलाउँदै आएका व्यक्ति हुन् । उनी लागूऔषधको दुव्र्यसनमा समेत फसेको खुलेको छ । मोरङ प्रहरी प्रमुख एसपी मनोजकुमार केसीका अनुसार दुवै जना बीच पहिले देखिनै चिनजान थियो । उनले हत्यापछि फरार रहेका सहनीलाई प्रहरीले ठूलै मेहनत गरेर पक्राउ गर्न सकेको जानकारी दिए ।
घटनाको अनुसन्धानमा खटिएका एक प्रहरी अधिकारीका अनुसार पुरानै चिनजानका आधारमा सुरक्षा गार्ड भट्राईले लागूऔषधको नसामा रहेका सहनीलाई यौनकर्मी खोजेर ल्याउनका लागि भन्दै दुई हजार पाँच सय रुपैयाँ दिएर पठाएका थिए । ‘यौनकर्मी खोजेर ल्याइदिने भन्दै भट्टराई ले दिएको पैसा बोकेर भदौ २ गते शनिबार राति बजार निस्किएका सहनी यौनकर्मी नलिइकन त्यत्तिकै फर्किएपछि दुई जनाबीच विवाद भएछ,’ ती प्रहरी अधिकारीले भने, ‘विवाद बढ्दै गएपछि फलामको मुड्को, रड र भाला प्रयोग गरेर भट्राईको हत्या गरिएको खुल्यो ।’ उनले भट्टराई को हत्या हुनुको मुख्य कारण यौनकर्मीको खोजी नै भएको बताए ।
प्रहरीले यौनकर्मी ल्याउन नसकेकोमा भएको विवाद र यौनकर्मी उपलब्ध गराउने सर्तमा दिएको पैसा भट्राईलाई नै फिर्ता दिनु पर्ने भएपछि हत्या भएको प्रारम्भिक अनुसन्धानबाट खुलेको जनाएको छ । ‘हत्या भएको भोलीपल्ट सहनीले केही साथी भाईलाई संगै लगेर भारतको जोगवनी पुगेर भट्टराई ले यौनकर्मी झिकाउन दिएको दुई हजार पाँच सय र उनको साथमा बाँकी रहेको तीन हजार रुपैयाँ समेत लगेर लागूऔषधसेवन गरेको खुलेको छ,’ एक प्रहरी अधिकृतले भने, ‘सहनी पहिल्यैदेखि लागूऔषधको कुलतमा फसेको कुरालाई यसले पुष्टि गर्छ ।’ भट्राईले संधै साथमा पैसा बोकेर हिंड्ने गरेको कुरा चाल पाएकाले पनि सहनीले भट्टराई संग चिनाजान गरेको जानकारी प्रहरीले दिएको छ ।
हार्डवेयरमा रहेको सीसीटिभी फुटेजमा कैद भएको दृष्यले पनि हत्यामा सहनीकै संलग्नता पुष्टि गर्छ । उनका अनुसार प्रहरीले नियन्त्रणमा लिएको सीसीटिभी फुटेजमा पनि घटना भएको राति अवेर सम्म सहनी र भट्टराई दुवै साथैमा देखिन्छ । हार्डवेयरमा रहेको सीसीटिभीको फुटेजमा पनि ठेला चालक सहनीको भूमिका शंकास्पद रहेको देखिएपछि प्रहरीले हत्यामा उनकै संलग्नता रहेको अड्कल काड्दै आएको थियो ।
आज नै प्रदेश प्रहरी प्रमुख डीआईजी केदार रिजालले पनि हत्यारा अब पत्ता लाग्ने बताएका थिय ।
आइतबार दिउँसो सम्म हत्यामा संलग्न कसैलाई पनि पक्राउ नगरिएको बताइरहेका एसपी केसीले साँझ भने पत्रकार सम्मेलन गरेर घटनामा सहनी कै संलग्नता रहेको र उनलाई पक्राउ गरिएको भन्दै सार्वजनिक गरेका थिए । पक्राउ परेका सहनी विरुद्ध जिल्ला अदालत मोरङमा कर्तव्य ज्यान अन्तर्गत मुद्दा चलाउन म्याद थप गरेर अनुसन्धान अघि बढाइएको जानकारी केसीले दिए ।