"On-line Kumarhane Oyna Çevrimiçi Kumarhane Nolimitwa
२०८१ कात्तिक १९ सोमवार
काठमाडौं, १४ भदौ । बेलायतका दक्षिण एसिया विभाग प्रमुख ग्यारेथ बेलीले अध्यक्ष प्रचण्डसँग आज बिहान भेटवार्ता गरेका छन् । अध्यक्ष निवास खुमलटारमा भएको उक्त भेटमा नेपाल र बेलायतबीच भएका सहयोग र सम्बन्धका बारेमा चर्चा भएको थियो ।
अध्यक्ष प्रचण्डले राजनीतिक परिवर्तनपश्चात देशमा आएको आर्थिक समृद्धि लहर र त्यसका आधारहरुबारे स्पष्ट पारेका थिए । उनले भने, “नेपालमा लामो समयपश्चात राजनीतिक स्थिरता कायम भएको छ । यो नै नेपालको आर्थिक विकासका लागि सबैभन्दा बलियो आधार हो ।”
अध्यक्षले नेपालमा जलविद्युतको प्रचुर सम्भावना भएको बताउँदै विश्वका धेरै लगानीकर्ताहरु यहाँ लगानी गर्न इच्छुक रहेको उल्लेख गरे । उनले भने, “हामी लगानीकर्ताको सुरक्षा र लगानीको ग्यारेण्टी गर्न योजना बनाईरहेका छौं ।” पर्यटनको उत्तिकै सम्भावना भएको उल्लेख गर्दै दुई ठूला जनसंख्या भएका देशका पर्यटकको गन्तव्य पछिल्ला दिनमा नेपालमा बढ्दै गएको उनको भनाई थियो । अध्यक्षले भने, “पर्यटन क्षेत्रको विकासका लागि भौतिक पूर्वाधारको निर्माण हाम्रो पहिलो शर्त हो ।”
भेटका अवसरमा प्रमुख बेलीले विश्वभरिमा सबैभन्दा प्रिय देश नेपाल भएकाले यहाँ लगानीकर्ताहरु आकर्षित भएको बताए । नेपालमा लगानी गर्न बेलायती लगानीकर्ताहरु इच्छुक रहेको उनको भनाई थियो । उनले सरकारलाई आफूहरुको पूर्ण समर्थन रहेको बताउनुहुँदै देशको विकास यो सरकारले नै गर्नेमा आफूहरु ढुक्क रहेको पनि बताए । प्रमुख बेलीले अध्यक्ष प्रचण्डलाई नेपालका अत्यन्त लोकप्रिय नेताको संज्ञा दिँदै शान्ति प्रक्रियादेखि वर्तमान स्थिर सरकारसम्म विकसित राजनैतिक घटनाक्रमबारे जिज्ञासा राखेका थिए ।