New from Nepal

आज बिजोर नम्बरका मात्र सवारी चल्ने

काठमाडौं । काठमाडौंमा हिजोदेखि शुरु भएको चौंथो बहुपक्षीय प्राविधिक तथा आर्थिक सहयोगको लागि बंगालको खाडीको प्रयास (बिमस्टेक) शिखर सम्मेलनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका गाडी मात्र चल्नेछन् ।

भदौ बिमस्टेक सम्मेलनमा सहभागी हुन आउने विदेशी विशिष्ट पाहुनाको आवागमनलाई मध्यनजर गर्दै आज बिजोर नम्बरका सवारी चलाएको हो । महानगरीय ट्रफिक प्रहरी महाशाखाका अनुसार सुरक्षित,व्यवस्थित र सहज बनाउन भाद्र १३, १४ र १५ गते तीनदिन उपत्यकामा चल्ने सम्पुर्ण निजी र भाडाका सवारी साधनलाई जोर बिजोर प्रणाली लगाइएको हो ।

जोर–बिजोर प्रणाली लागू भएको आज तस्रो दिन बिजोर सवारी साधन चलेका छन्। महानगरीय ट्राफिक प्रहरी प्रभागका अनुसार आज विजोर नम्बर (नम्बर प्लेटको अन्तिम अंक १, ३, ५, ७, ९) भएका सवारीसाधन मात्रै चल्नेछन्।

कतिपय अत्यावश्यक सवारी साधनलाई भने जोर बिजोर सिस्तम लागू नहुने बताइएको छ । बिमस्टेक कार्यक्रममा जान निमन्त्रणा भएका सवारी साधन, गृह तथा परराष्ट्र र बिमस्टेकमा खटिएका कर्मचारीका सवारी, सांसदका सवारी साधन, अत्यावश्यक सेवा जस्तै बिरामी बोकेका गाडी, परीक्षामा हिडेका विद्यार्थी, एयरपोर्ट टिकट भएका, कुटनीतिक नियोगका सवारी साधन, सुचना विभागबाट प्रेस पास लिएका पत्रकारलाई जोर बिजोर लागू नगरिने बताइएको छ । राति १० बजेदेखि बिहान ६ बजेसम्म भने जुनसुकै सवारी साधन चलाउन पाइनेछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *