दीपक मनाङे ज्यान मार्ने उद्योगमा दोषी ठहर, ५ वर्ष कैद सजाय
२०८१ कात्तिक २० मंगलवार
विपद व्यवस्थापन आधारभूत तालिम समापन
काठमाडौं,
राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजको तत्वावधानमा विपद व्यवस्थापन महाशाखा सामाखुशीमा संचालित छैठौं समूहको विपद् व्यवस्थापन आधारभूत तालिम सोही महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक दिलिप कुमार चौधरीको प्रमुख आतिथ्यमा शुक्रबार आयोजित एक कार्यक्रमबीच समापन भएको छ । उक्त अवसरमा प्रहरी वरिष्ठ उपरीक्षक चौधरीले प्रशिक्षार्थीहरूलाई प्रमाणपत्र वितरण गर्दै विपद परेको अवस्थामा उद्दार कार्यमा खटिन तालिममा सिकेका ज्ञान, सीपलाई सही सदुपयोग गरी काम गर्न प्रशिक्षार्थीहरूलाई निर्देशन दिनुभयो ।
कार्यक्रममा प्रहरी नायव उपरीक्षक ढकेन्द्र खतिवडाले तालिम सम्बन्धी प्रतिबेदन प्रस्तुत गर्दै साउन ७ गतेबाट संचालित उक्त तालिममा प्रहरी सहायक निरीक्षक ३ र प्रहरी जवान २७ जना गरी कुल ३० जना प्रशिक्षार्थीहरुको सहभागिता रहेको जानकारी दिनुभयो ।
सुनको सिक्रि लुटपाट गर्ने पक्राउ
ललितपुर,
सुनका सिक्रीहरु लुटपाट तथा चोरी गरेको अभियोगमा ललितपुर महानगरपालिका(१६ ईखालखु घर भएका ३० वर्षीय शैलेश ताम्राकार र ललितपुर महानगरपालिका १७ लुखुशी बस्ने २५ वर्षीय लोलिन काजी महर्जनलाई बिहीबार प्रहरीले पक्राउ गरेको छ । विगत केही समय देखि ललितपुरमा स्कुटर प्रयोग गरी सर्वसाधारणहरुको सुनका सिक्रीहरु थुति लुटपाट तथा चोरी गरेको घटनाको अनुसन्धान गर्ने क्रममा उनीहरुलाई चोरी गरी नम्बर प्लेट समेत परिवर्तन गरी प्रयोग गर्दै आएको २ थान स्कुटर र लुटपाट एवं चोरी गरी संकलन गरेको सिक्री, लकेट तथा सुन तौल गर्ने मेसिन १ थान सहित ललितपुर महानगरपालिका १६ गाःवहालबाट प्रहरीले पक्राउ गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।
सवारी दुर्घटनामा मृत्यु
कपिलवस्तु,
बुद्धभूमि नगरपालिका१० स्थित सडकमा गोरुसिंहेबाट तौलीहवातर्फ जाँदै गरेको ना।५ ख १११ नम्बरको ट्रकको ठक्करबाट गम्भीर घाइते भएका हाल नाम,थर, वतन नखुलेको पैदलयात्री अन्दाजी ३२ वर्षीय पुरुषको जिल्ला अस्पताल तौलीहवामा उपचारको क्रममा शुक्रबार मृत्यु भएको छ ।
ट्रक र चालकलाई प्रहरीले नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं र धनुषामा शुक्रबार २ जना मृत अवस्थामा फेला परेका छन् । उनीहरुमध्ये काठमाडौं बुढानिलकण्ठ नगरपालिका५ चिनेसी बस्ने १९ वर्षीय अनिस खवास सोही स्थानमा रहेको खहरे खोलामा पानीमा डुबेर मृत्यु भएको अबस्थामा फेला परेका हुन् ।
यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका९ स्थित रामानन्दचोकमा महोत्तरी मठिहानी गाउँपालिका८ घर भएका ४५ वर्षीय संतोष कुमार साह मृत अवस्थामा फेला परेका हुन् ।
घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।
आगलागीबाट धनमाल क्षति
बर्दिया,
मधुवन नगरपालिका४ बस्ने रामदिन चौधरीको टायलले छाएको गोठमा गएराति आगलागी हुँदा गोठभित्र राखेको भे१ अं२७५६ नम्बरको अटो रिक्शा समेत जलेर करीब ७ लाख रुपैयाँ बराबरको धनमाल क्षति भएको छ । स्थानीय बासिन्दाको सहयोगमा प्रहरीले आगलागी नियन्त्रणमा लिई यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।
अपहरण गरेको अभियोगमा पक्राउ
काभ्रे,
लेनदेनको बिषय लिएर व्यक्ति अपरहण गरेको अभियोगमा बनेपा नगरपालिका–१ बस्ने २३ वर्षीय दिपक भुजेल सहित ८ जनालाई प्रहरीले पक्राउ गरेको छ ।
उनीहरुले बिहीबार सिन्धुपाल्चोक हेलम्बु गाउँपालिका–४ बस्ने ४७ वर्षीय बिष्णु कटुवाललाई भक्तपुरको सल्लाघारीबाट जवरजस्ती अपहरण गरी नालाको बाटोहुँदै काभ्रेतर्फ लिएर गएको भन्ने सूचना प्राप्त हुनासाथ ईलाका प्रहरी कार्यालय बनेपा र प्रहरी चौकी पनौतीबाट खटिएको प्रहरी टोलीले धुलिखेल नगरपालिका–५ चौकोटबाट बा।५च ८७३५ नम्बरको कार, बा।७८ प ५०५ नम्वरको मोटरसाइकल र बा३४प ५०० नम्बरको स्कुटर सहित उनीहरुलाई पक्राउ गर्नुका साथै कटुवाललाई सकुशल उद्धार गरेको थियो । यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
स्रोत नखुलेको भारतीय रुपैयाँ सहित पक्राउ
बाँके,
नेपालगंज उपमहानगरपालिका–२१ स्थित सीमा प्रहरी चौकी जयसपुरबाट खटिएको प्रहरी टोलीले नेपालबाट भारततर्फ जाँदै गरेका दैलेख ठाँटीकाध गाउँपालिका–३ बस्ने २४ वर्षीय प्रेम सिजापती, २१ वर्षीय देबेन्द्र सिजापती र राजबहादुर खत्रीलाई स्रोत नखुलेको भारतीय रुपैयाँ २ हजार दरका १ सय ४४ थान, ५ सय दरका २० थान र २ सय दरका १ सय थान गरी ३ लाख १८ हजार रुपैयाँ सहित बिहीबार पक्राउ गरेको छ ।
उनीहरुलाई आवश्यक कारबाहीको लागि राजश्व अनुसन्धान बिभाग पुल्चोक ललितपुर पठाइएको छ।
अवैध लागूऔषध चरेश बरामद
बाग्लुङ,
बडिगाड गाउँपालिका–७ स्थित सिरखरीबाट १० के।जी। अवैध लागूऔषध चरेश प्रहरीले बिहीबार बरामद गरेको छ । ईलाका प्रहरी कार्यालय भिमागिठेबाट गस्तीमा खटिएको प्रहरी टोलीले सिरखरीस्थित कोदोवारीमा रहेको खनियुको रुखमा प्लाष्टिक भित्र रहेको झोलामा ज्याकेट र पच्छौरीले बेरी राखेको अवस्थामा उक्त चरेश फेला पारी बरामद गरेको हो ।
यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसनधान गरिरहेको छ ।
सवारी दुर्घटनामा ४ जनाको मृत्यु
काठमाडौं,
चितवन, रुकुम पश्चिम र सिरहामा बिहीबार भएको छुट्टाछुट्टै सवारी दुर्घटनामा ४ जनाको मृत्यु भएको छ भने अन्य ३ जना घाइते भएका छन् ।
ती दुर्घटना मध्ये चितवन राप्ती नगरपालिका–३ झुरझुरेस्थित महेन्द्र राजमार्गमा ना।२ख ८५३९ नम्बरको ट्याङकरले ग५प ८२६० नम्बरको मोटरसाइकललाई ठक्कर दिंदा मोटरसाइकलमा सवार २ जनाको नयाँ मेडिकल कलेज भरतपुरमा उपचारको क्रममा
मृत्यु भएको हो । मृतकहरु बारा जितपुर उपमहानगरपालिका–१६ बस्ने ३८ वर्षीय प्रेमबहादुर मोक्तान र मकवानपुर छतिवन–४ बस्ने ३४ वर्षीय जितबहादुर स्याङतान रहेको खुल्न आएको छ । ट्याङकर चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
यसैगरी रुकुम पश्चिम मुसिकोट नगरपालिका–४ पाना खोलास्थित भित्री सडकमा लु २ त ८७६० नम्बरको ट्याक्टर सडकबाट अन्दाजी २० मिटर तल खसेर दुर्घटना हुँदा ट्याक्टरमा सवार ४ जना घाइते भएकोले उपचारको लागि जिल्ला अस्पताल सल्ले पठाइएकोमा सोही नगरपालिका–१ बस्ने २८ वर्षीया धनमाया देबकोटाको उपचारको क्रममा मृत्यु भएको हो । दुर्घटनामा गम्भीर घाइते भएकी सोही ठाउँ बस्ने १४ वर्षीया मुना देवकोटालाई थप उपचारको लागि नेपालगंज पठाइएको छ । फरार ट्याक्टर चालकको प्रहरीले खोजतलास गरिरहेको छ ।
यस्तै सिरहा कर्जन्हा नगरपालिका–३ स्थित बिश्वकर्मा मन्दिर नजिक अन टेष्ट लेखेको मोटरसाइकलले पैदलयात्री सोही ठाउँ बस्ने ८० वर्षीय हनुमानी महतोलाई ठक्कर दिंदा गम्भीर घाइते भएकोले मंगलम अस्पताल मिर्चैया हुँदै नोबेल अस्पताल बिराटनगर लगिएकोमा उपचारको क्रममा मृत्यु भएको हो । मोटरसाइकल चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
दुर्घटनाका सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
मृत अवस्थामा फेला
काठमाडौं,
कीर्तिपुर नगरपालिका–६ चोभार डाँडा बस्ने ७२ वर्षीया मैया पोख्रेल बिहीबार आफनै घरको कोठामा मृत अवस्थामा फेला परेकी छिन् ।
यसैगरी धनुषा जनकपुर उपमहानगरपालिका–९ रामानन्द चोकमा तरकारी पसल गरी बस्ने महोत्तरी मठीहानी गाउँपालिका–८ घर भएका ४५ वर्षीय सन्तोष साह शुक्रबार अवस्थामा मृत फेला परेका छन् । यस्तै चितवन माडी नगरपालिका–६ सन्तानेश्वरस्थित माछा पाखेरीमा हाल नाम,थर,वतन खुल्न नसकेका अंदाजी ४५ वर्षीय पुरुष बिहीबार मृत अवस्थामा फेला परेका छन् ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
बेहोस भएर मृत्यु
काठमाडौं,
काठमाडौं र बैतडीमा बिहीबार बेहोस भएर ३ जनाको मृत्यु भएको छ । काठमाडौंबाट धादिङ जाने बसमा सवार नुवाकोट कुमारी गाउँपालिका–३ घर भई धादिङ धुनिबेशी गाउँपालिका–४ बस्ने ६५ वर्षीय जयबहादुर तामाङ चन्द्रागिरी नगरपालिका–१२ स्थित सानो मन्दिरमा पुग्दा अचानक बेहोस भएकोले उपचारको लागि ओम समाज अस्पताल सतुंगल पठाइएकोमा उपचारको क्रममा मृत्यु भएको हो ।
यसैगरी काठमाडौं महानगरपालिका–९ तिलगंगा स्थित होटल सुनौलो ईनको कोठा नम्बर ४०५ मा बस्दै आएका भारत महाराष्ट्र घर भएका ७४ वर्षीय सुदाकार बाबु वानी होटलमा अचानक बेहोस भएकाले केएमसी अस्पताल सिनामंगल लैजाने क्रममा बाटोमै मृत्यु भएको थियो ।
यस्तै बैतडी पाटन नगरपालिका–६ लामातोला बस्ने ४५ वर्षीय बलदेव अवस्थी पाटन बजारबाट घर फर्कने क्रममा खोडपे भन्ने स्थानमा बेहोस अवस्थामा फेला परेकोले उपचारको लागि प्राथमिक स्वास्थ्य केन्द्र पाटन पठाईएकोमा उपचारको क्रममा मृत्यु भएको थियो ।
यस सम्बन्धमा स्थानीय प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।
विभिन्न धनमाल चोरी
भक्तपुर,
सूर्यविनायक नगरपालिका–५ कटुञ्जे ख्युजु टोल बस्ने रामदेवी ख्युजुको घरबाट बिहीबार नगद २ लाख रुपैयाँ र सुनका विभिन्न गहना सहित करीव ३ लाख १६ हजार रुपैयाँ बराबरको धनमाल चोरी भएको छ । फरार चोरहरुको खोजतलास गर्नुको साथै यस सम्बन्धमा प्रहरीले आवश्यक अनुसन्धान गरिरहेको छ ।