
काँकडभिट्टा २३ भदौ। झापाको मेचीनगर नगरपालिका-५ नकलबन्दा भेटघाट चौकबाट प्रहरीले लागूऔषध सहित ३ जनालाई पक्राउ गरेको छ ।पक्राउ पर्नेमा झापा दमक नगरपालिका-३ बेलडाँगी बस्ने बर्ष-२७ को बिख बहादुर राई, सोही ठाउँ बस्ने बर्ष २९ को पुक बहादुर कटवाल र सिमन कटवाल रहेका छन ।

झापा मेचीनगर नगरपालिका स्थित सिमा प्रहरी चौकी नकलबन्दाबाट खटिएको प्रहरीको टोलीले चेकजाँच गर्ने क्रममा निजहरुको साथबाट लागू-औषध लुपिजेसिक-४५ एम्पुल, फेनारागन-४५ एम्पुल र डाईजोपाम-४५एम्पुल फेला पारी बरामद गरेको हो।
लागू-औषध सहित पक्राउ परेका तीनै जनालाई थप अनुसन्धानको लागि ईलाका प्रहरी कार्यालय काँकडभिट्टामा राखिएको छ ।

