काठमाडौँ, २५ भदौ । ‘छक्का पञ्जा ३’ को ‘पछि उमेर ढल्किन्छ’ बोलको गीत सार्वजनिक भएको छ । यो छक्का पञ्जा ३ को सार्वजनिक गरिएको दोस्रो गीत हो । यसअघि ‘पहिलो नम्बरमा’ बोलको गीत सार्वजनिक भैसकेको थियो ।
निसान भट्टराई र एन्जिला रेग्मीको स्वरमा सजिएको गीतको भिडियोमा दिपक राज गीरी र दिपिका प्रसाईको प्रेम प्रसंग देखाउन खोजिएको छ । भने हास्य कलाकार केदार घिमीरे माग्ने (बुढो), जितु नेपाल (मुन्द्रे) र बुद्धि तामाङ (हैट) पनि देखिएका छन् । अर्जुन पोखरेल र दिपक राज गीरीको शब्द रहेको गीतमा अर्जुन पोखरेल कै संगीत रहेको छ ।
छक्का पञ्जाको पहिलो र दोस्रो संस्करणको भव्य सफलता पछि छक्का पञ्जा३ को लागि दर्शक निकै उत्साहित छन् । साथै निर्माण पक्ष पनि । फिल्मलाई दिपा श्री निरौलाले निर्देशन गरेकी हुन् भने सुमन गीरी ‘भान्जा’, शिव हरी पौडेल, किरन केसी, तारा चन्द्र बजगाईँ ‘निसान’ पुरुषोत्तम प्रधान, दिपेन्द्र खनिया र केशव न्यौपानेले सामूहिक निर्माण गरेका हुन् ।
भिडियोः
Leave a Reply