बलात्कारपछि हत्या गर्नेलाई जन्मकैदको फैसला




२०७५ भदौ २९ शुक्रवार
NewsDesk Shikharnews

बिष्णुकुमार आले

अर्घाखाँची, २९ भदौ । बलात्कारपछि हत्या गरेको अभियोगमा अर्घाखाँची जिल्ला अदालतले एकजनालाई जन्मकैदको फैसला सुनाएको छ ।

जिल्ला अदालत अर्घाखाँचीले बिहीवार ३४ वर्षीय विक्रम रानालाई जन्मकैदको फैसला सुनाएको हो । जिल्ला न्यायाधीश रामचन्द्र पौडेलको एकल इजलाशले दाङको गढवा गाउँपालिका १ बस्ने रानालाई जन्मकैदको फैसला सुनाएको हो ।

बलात्कारमा सहयोगी बनेका दाङकै राप्ती गाउँपालिका भालुवाङ १ का ३० वर्षीय दिवश शाहीलाई १ वर्ष ६ महिना कैद गरिएको श्रेष्तेदार मोहनप्रसाद बेल्वासेले जानकारी दिए । रानाले २०७४ फागुन २० गते राति सितगंगा नगरपालिका ८ सिद्धारा जामुने सामुदायिक वन अर्घाखाँचीमा दाङको राप्ती गाउँपालिका १ बस्ने मुस्कान नेपाली परियारलाई बलात्कारपछि हत्या गरेका थिए ।

परियारको लाश अर्को दिन फागुन २१ गते जंगलमा अर्को दिन फाल्गुन नग्न अवस्थामा प्रहरीले फेला पारेको थियो । मृतकका श्रीमान बसन्त दमै परियारको जाहेरीमा उक्त फैसला भएको हो ।

मृतकका छोराछोरीलाई क्षतिपूर्तिवापत दुई लाख तत्काल राज्यबाट उपलब्ध गराउन फैसलामा उल्लेख गरिएको छ ।