दिपक र दिपिका फाेकसमा, ‘छक्का पञ्जा ३’ काे फर्स्टलुक सार्वजनिक !

२०७५ असोज ३ बुधवार
Abishkhar Khanal

काठमाडाैँ, ३ असाेज । दिपाश्री निराैला निर्देशित चलचित्र ‘छक्का पन्जा ३’को फस्टलुक सार्वजनिक भएको छ । गएका शृङ्खला जस्तै छक्का पञ्जाकाे तेस्राे शृङ्खला पनि दशैँमा रिलिज हुने भएकाे छ ।

बुधबार सार्वजनिक भएकाे फर्स्टलुकमा दिपकराज गिरी र दिपिका प्रसाइ अगाडी देखिएका छन् भने दुई छेउमा हास्यकलाकार केदार घिमिरे, जितु नेपाल र वुद्दि तामाङ देख्न सकिन्छ । निर्देशक निरौलाले चलचित्रको ट्रेलरले यसको कथावस्तु के हो भन्ने खुलाउने बताइन् । शनिबार बिहान चलचित्रको ट्रेलर सार्वजनिक हुँदैछ ।

चलचित्रमा समावेश ‘पहिलो नम्बरमा’ बोलको गीत हिट भैसकेको छ । यस्तै, दोश्रो गीत ‘पछि उमेर ढल्केला’ले पनि चर्चा पाइरहेको छ ।