सांसदलाई मनपरि खर्च गर्ने बाटो




२०७५ असोज १८ बिहीवार
Newsdesk Shikharnews

काठमाडौं । अबदेखि सांसदहरुले ४ करोड रुपियाँ आफूखुसी खर्च गर्न पाउने भएका छन् । सरकारले जारी गरेको बजेटमा नियमावली विपरित सांसदहरुले आफुखुसी योजना छनोट र खर्च गर्न मिल्ने भएका हुन् । तर, बजेटमा राखिएको प्रवधानअनुसार ४ करोड रुपैयाँका ५वटा योजनामात्र सांसदले छनोट गर्न पाउनेछन्।

योसँगै सांसदले मनलाग्दी खर्च गर्न पाउने बाटो खोलिदिएको हो । अहिलेको नियमावलीले २० वटासम्म जनसुकै क्षेत्रका योजनामा खर्च सक्ने व्यवस्था गरेको छ।

स्थानीइ पूर्वाधार विकास साझेदारी कार्यक्रमसम्बन्धी नियमावलीमा २० वटासम्म योजना छनोट गर्न सक्ने व्यवस्था गरेको थियो । योजना छनोट गर्नसक्ने व्यवस्था मन्त्रिपरिषद्ले हालै स्वीकृत गरेको हो ।

सांसदबाट पारित भएको विनियोजनसम्बधी ऐनविपरीत नियमावली बनाएर सरकारले सांसदहरुलाई मनलाग्दी खर्च गर्न बाटो खोलिदिएको छ । सांसदहरुले तीनवर्षभित्र काम गर्न सकिने खालका योजना छान्ने गरी प्रत्येक वर्ष ४ करोड रुपैयाँ खर्च गर्न पाउने व्यवस्था बजेटमा छ।

बजेटको व्यवस्था अनुसार खानेपानी, सिँचाइ, नदी नियन्त्रण, सडक क्षेत्रका बढमा ५ वटामात्र योजनामा खर्च गर्नुपर्ने वाध्यता थियो । अब त्यो बाध्यता रहेन ।