उचित संरक्षण र प्रचारप्रसार को अभाबमा रहेको उदयपुरको दोभान झरना




२०७५ असोज २० शनिवार
Newsdesk Shikharnews

उदयपुर २१,असोज।उदयपुर जिल्लाको सदरमुकाम गाईघाट बाट अन्दाजी १० किमी उतर तर्फ रहेको त्रियुगा नगरपालिका बडा नं १६ बेलदोभान नजीकै रहेको सुन्दर,रमणीय तर प्रचार प्रसारमा अभाबमा रहेको र जिल्ला र नगरपालिका ले समेत उचीत नामकरण र संरक्षण गर्ने नसकेको दोभान झरना आन्तरिक पर्यटकका लागि आकर्षक गन्तब्य बन्दै गएको छ।पर्यटन प्रवद्र्धनको राम्रो वातावरण भएपनि उचित संरक्षण र प्रचारप्रसार नहुँदा ओझेलमा पर्दै आएको छ ।करिब ५० मिटरको झरना सो दोभान झरना हेर्न आउने आन्तरिक पर्यटकको सख्या वढ्दै गएको छ।यो झरना ३ तत्ले कीसीमको अाकर्षक तरीका ले माथीबाट झर्ने गर्देछ,यसको माथिल्लो भागमा करिव ३० मीटरमाथिबाट पानीको लोभलाग्दो छहरो खस्दछ त्यस पछी लगभग २०-२० मिटरका दुई खण्ड मा झरना झर्ने गर्देछ।यो झरना हेर्न जति नजिक गयो त्यति नै मनमोहक रहेको गाईघाट बाट झरना हेर्ने पुगेका प्रमोद पोखरेल ले बताए,उनले भने म यो पटक गरेर ३ पटक यस झरना मा अाईसकेको र यस्तो मनमोहक झरना अाफ्नो जिल्लामा हुदाँपनी नगरपालिका र सबन्धीत निकायले केही पहल नगरेको देख्दा अाफु अच्चमीत समेत भएको बताए।

झरनामा भेटीएका अर्केा युवा गुणराज मगरका अनुसार सो झरना को बारेमा सुनेकोले अाफुहरु साथीभाई मीलेर घुम्न अाएको बताए,मगरले भने हाम्रो जील्लामै र नजीकै यस्तो झरना हुदासम्म अाफुहरु ले थाहा नपाएर झरना हेर्ने भन्दै भेडेटार सम्म गईयो तर यो झरना पनी भेडेटारको जस्तो नै रहेको तर यसको लागी प्रचार प्रसार नहुदाँ उदयपुर बासी कैयोे लाई समेत यसको बारेमा थाहा नभएको जनाए।उक्त झरना रहेको स्थलमा पुग्न गाईघाट बजार बाट मोटरसाईकलमा करीब ४० मिनेट समय लाग्छ,४० मिनेटको सबारपछी बेलदोभान पुगेपछी १५ मिनेटको पैदलमा उक्त झरनामा पुगीन्छ।बेलदोभानमा खानबस्न को लागीपनी राम्रो ब्यबस्था छ।

यस झरनामा भौतिक पूर्वाधार बने स्नान र अवलोकन गर्नका लागि यहाँ दिनहुँ सयौँको संख्यामा पर्यटक भित्रिने सम्भावना छ । अत्यन्त शान्त मनोरम वातारणमा अवस्थित यस झरनाको संरक्षण र विकासमा सबन्धीत पक्षले जोड दिंदै आएका छन् ।