मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र कार्यक्रम:७० गाउँपालिकाहरुलाई एम्बुलेन्स




२०७५ असोज २५ बिहीवार
Newsdesk Shikharnews

उदयपुर २५,असोज। प्रदेश नं. १ आन्तरिक मामिला तथा कानुन मन्त्रालयले ‘मुख्यमन्त्री अत्यावश्यक सेवा केन्द्र’ कार्यक्रम अन्तर्गत १४ जिल्लाका ७० गाउँपालिकाहरुलाई एम्बुलेन्स उपलब्द गराउने भएको छ ।दिएको जानकारी अनुसार सडक पहुँच पुगेका पहिलो चरणमा ७० वटा गाउँपालिकामा प्रदेश सरकारको लोगो अंकित एकै रंगका ७० वटा एम्बुलेन्स वितरण गरिने छ । पाँच बर्षभित्र सबै गाउँपालिकाहरुमा यस्तो सेवा पुयाउने गरि काम थालिएको आन्तरिक मामिला तथा कानुनमन्त्रिको सचिवालयका रवि खनालले जानकारी दिए । त्यसका लागि गाडी खरिदको प्रक्रिया समेत सुरु भई सकेको जानकारी  मन्त्रालयले दियको छ ।

एम्बुलेन्स वितरणसँगै सुरक्षाका पूर्वाधार तयार गर्न बारुणयन्त्र, प्राथामिक उपचारका सामाग्रीलगायत प्राकृतिक विपत पर्दा आवश्यक सामाग्रीसमेत वितरण गर्ने आन्तरिक मामिला तथा कानुन मन्त्रि हिक्मत कार्कीले जानकारी दिएका छन।

आगामी पुस महिनाभित्र सबै गाउँपालिका प्रमुखहरुलाई एम्बुलेन्सको चावी हस्तान्तरण गरिने उनले जानकारी दिए । त्यसका लागि प्रदेश सरकारले १२ करोड बजेट विनियोजन गरेको छ । ती एम्बुलेन्स फागुनसम्ममा वितरण गरिने छ । ७० वटै गाउँपालिकाका अध्यक्षहरुलाई एकैसाथ बोलाएर चावी हस्तान्तरण गर्ने आन्तरिक मामिला मन्त्रलायले योजना बनाएको छ ।

विपद, स्वास्थ, सुरक्षा सेवालाई एकसाथ प्रत्येक स्थानिय तहमा संचालन गर्ने ‘मुख्यमन्त्री अत्यावश्यक सेवा’ कार्यक्रम अन्तर्गत पहिलो चरणमा गाउँपालिकालाई एम्बुलेन्स वितरण गर्न लागेको हो ।

प्रथम गाउँपालिकालाई छनौटमा भित्री मधेशको उदयपुरको विकट गाउँपालिका र पहाडी जिल्लाको भोजपुरको आमचोक गाउँपालिकालाई छनौट गर्ने तयारी गरेको मन्त्रालयले जनाएको छ।ती गाउँपालिकामा विपतका अत्यावश्यक सबै सामाग्री प्रदेश सरकारले व्यवस्थापन गर्ने छ।