नेपालमा पर्यटन क्षेत्रको भविश्य




२०७५ कात्तिक ८ बिहीवार
Newsdesk Shikharnews

गणेश शाक्य,

कृषि, जलश्रोत र पर्यटन क्षेत्रनै नेपालको प्रमुख आर्थिक श्रोत हुन भन्दा अतियुक्ति नहोला । यी तीन श्रोतहरु मध्ये कुल गार्हस्थ उत्पादनमा योगदानको हिसावले त कृषि क्षेत्र अझै पनि पहिलो स्थानमै रहि आएको छ । यति हुदाहुंदै पनि कृषि क्षेत्रमा आत्मनिर्भरता हुनुको सट्टा उल्टो वर्षै पिच्छे परनिर्भरता बढदै जानु उद्देक लाग्दो छ । जलश्रोतको कुरा गर्नुपर्दा यो जति नेपालको लागि आर्थिक विकासको दुष्टिकोणले उपयुक्त अरु कुनै श्रोत हुनै सक्तैन । तर यसको विकासको लागि ठुलो लगानीको आवश्यक हुने, लगानीको प्रतिफल लिन लामो समय कुर्नुपर्ने हुन्छ । तसर्थ, अहिलेको अवस्थामा पर्यटन क्षेत्रलाई विषेश प्राथमिकताका साथ अगाडि बढाउने हो भने यस क्षेत्रले अन्य दुई क्षेत्रहरुको दाँजोमा छिटो आर्थिक छलाङ्ग मार्न सक्ने प्रवल सम्भावना छ । भविश्य उज्वल छ ।

विश्व मानचित्रमा आर्थिक दृष्टिकोणले पर्यटन क्षेत्रले उल्लेखनिय प्रगति गर्दै आएको छ । वल्र्ड ट्राभल एण्ड टुरिजम काउन्सिल (डब्लु. टि.टि.सि.) ले विश्लेषण गरे अनुसार सन् २०१७ मा कुल ग्लोबल गार्हस्थ उत्पादनमा यस क्षेत्रको १०.४ प्रतिशत योगदान रहेको छ । विश्वको कुल रोजगारी मध्ये यस क्षेत्रले ९.९ प्रतिशत रोजगारीको अवसर प्रदान गरेको छ अर्थात कुल ३१ करोड ३० लाख मान्छेलाई रोजगारी प्रदान गरेको छ ।

नेपालको कुरा गर्नुपर्दा डब्लु.टि.टि.सि.कै विश्लेषण अनुसार सन् २०१७ मा यस क्षेत्रले प्रतक्ष कुल गार्हस्थ उत्पादनमा ने.रु. ९९.८ अर्ब अर्थात ४ प्रतिशत योगदान पु¥याएको छ । सन् २०१८ मा यस क्षेत्रको योगदान ४.९ प्रतिशतका दरले बढ्ने अनुमान गरेको छ । त्यसैगरि, सन् २०१७ मा नै कुल गार्हस्थ उत्पादनमा ७.८ प्रतिशत अर्थात ने.रु. १९५ अर्ब योगदान रहेको छ । यो योगदान सन् २०१८ मा ५.२ प्रतिशतका दरले बढ्रने अनुमान छ ।

प्रतक्ष रोजगारी तर्फ सन् २०१७ मा यस क्षेत्रले ४ लाख ९७ हजार ५ सय जनालाई रोजगारी दिएको छ । यो भनेको कुल राष्ट्रिय रोजगारीको ३.२ प्रतिशत हो । सन् २०१८ मा ४.२ प्रतिशतका दरले रोजगारी बढ्ने अनुमान छ । कुल रोजगारी योगदानको हिसाबले सन् २०१७ मा यस क्षेत्रले १० लाख २७ हजार जनालाई रोजगारी दिएको छ जुन कुल रोजगारीको २.३ प्रतिशत हिस्सा हो । सन् २०१८ मा यस क्षेत्रवाट ७.६ प्रतिशतका दरले कुल रोजगारी बढ्ने अनुमान छ ।

अवसरहरु
पर्यटन विकासको लागि नेपाल अति उपयुक्त छ भन्ने कुरा सबैलाई सर्बविदितै छ । तसर्थ, लगानी बढाउनको लागि अवसरहरु पनि प्रयाप्त छन । पर्यटकलाई आकर्षण गर्नको लागि नेपालमा कुनै श्रोतको कमि छैन । विश्वको सर्बोच्च शिखर सगरमाथा र बुद्धको जन्मस्थलको नांउ मात्रैले पनि काफी छ । त्यसैगरि, विभिन्न विश्व सम्पदाहरु, विभिन्न जाती, धर्म, संस्कृति, अग्ला अग्ला हिमश्रृंखलाहरु, ताल तलैयाहरुको पनि कमि छैन । साहसिक पर्यटकहरुको लागि पनि त्यतिकै श्रोतहरु विद्यमान छन यहाँ । ट्रेकिङ्ग, ¥याफ्टिङ्ग, बन्जि जम्प, प्यारा ग्लाइडिङ्ग आदि उदाहरणिय आकर्षणहरु हुन । वाइल्ड लाइफ तथा पर्यावरण तर्फ रुचि राख्ने पर्यटकहरुलाई पनि कुनै कमि छैन । मात्र उचित व्यवस्थापनको जरुरी छ ।

चुनौतीहरु
हो, पर्यटन विकासको लागि लगानी गर्ने प्रसस्त अवसरहरु छन तर यसको अर्थ यो क्षेत्र पूर्ण चुनोती विहिन चाहिं हैन । चारैतिर चु्नौतीनै चुनौती छन । पयटर्न विकासको लागि सवैभन्दा महत्वपूर्ण विषय भनेको सुरक्षाको प्रत्याभुती हो । देश चाहे जतिसुकै सुन्दर किन नहोस यदि त्यहां उ सुरक्षित थान्दैन भने असुरक्षित ठांउमा को भ्रमण गर्छ ? नेपाल भ्रमण आउने पर्यटक शत प्रतिशत सुरक्षित छ भन्ने प्रमाणित गर्न सक्ने अवस्था अहिले पनि छैन । बेला बेलामा पर्यटकहरु लुटिने गरेको, ठगिने गरेको र कहिलेकांहि त हत्या पनि हुने गरेको समाचार सु्न्नमा आइरहेकै हो । हो, यस विषयमा सरकार, राज्य प्रदेश, स्थनिय निकाय आदि जे जे छन सबै सरोकारवालहरुले गम्भिर रुपले सोच्नै पर्छ । आगामी दिनहरुमा यस्तो घटनाहरु कुनै हालतमा दोहरिन दिनु हुंदैन । नेपाल पर्यटकको लागि शतप्रतिशत सुरक्षित स्थान हो भन्ने कुरामा प्रमाणित गर्नु गराउनु प¥यो ।

अर्को महत्वपूर्ण विषय भनेको स्वस्थ्य र सरसफाईका कुरा हुन । मुलुक जति जति विकसित र सम्पन्न हुंदै जान्छन् त्यति त्यतिनै त्याँहाका नागरिक स्वास्थ्य प्रति सचेत हुंदै जान्छन् । तर नेपालमा अझैपनि नागरिक तथा सरकार यस विषयमा त्यति गभिर भएको पांइदैन । काठमाण्डौ शहर लगायत देशका विभिन्न प्रमुख शहरहरुनै फोहरको दुंगरले दुर्गन्धित छन, सबैलार्इै थाहा भएकै कुरा हो । सडक बाटो जताततै हिलो वा धुलोनै धुलो । वागमती विष्ण्मती जस्ता पवित्र नदीहरुमा पानी बगेको हो कि नाला बगेको केहि थाहा छैन । तारे होटलहरुलाई नगन्ने हो भने यहाँका अधिकांश सानातिना होटल रेष्टुराँहरुमा सर्भ गरिने खाना पनि स्वस्थ्यवर्धक छैन । यो कुरा त बेलाबेलामा गरिने गरेको अनुगमनलेनै पुष्टि गरिरहेको छ । यस्तै यस्तै चीजहरु हेर्न र अनुभव गर्न आएका त हैन होला नी पर्यटकहरु । एकपल्ट भ्रमणमा आएका पर्यटकलाई फेरि फेरि आंउ आंउ जस्तो वातावरण श्रृजना गर्ने कि ”नेभर अगेन“ भन्न लगाउने ? यो कुरा बुझ्नु प¥यो सम्वन्धित निकायहरुले । नेपाल भ्रमणमा आउने पर्यटकहरुको फ्रिक्वेन्सी तालिका हेर्ने हो भने पटक पटक दोह¥याई तेह¥याई आउनेको संख्या भन्दा एकपल्ट मात्र आउनेको संख्या अत्याधिक छ । यसले पनि नेपालको पर्यटकलाई पु¥याउदै आएको सेवाको गुणात्मक पक्ष प्रस्त पारेको छ ।

उल्लेखित चुनौतीहरुलाई अवसरमा बदल्न सकेको खण्डमा नेपालको हालको पर्यटन क्षेत्रले निसन्देह काँचुली नफेर्ला भन्ने छैन । तर, यस क्षेत्रको तिब्र विकासको लागि अहिले भईरहेको लगानीको रकम प्रयाप्त भने छैन । फेरि डब्लु.टि.टि.सि.कै प्रतिवेदन अनुसार सन् २०१७ मा यस क्षेत्रमा ने.रु. १७.३ अर्ब लगानी भएको छ । कमसेकम पनि एक खर्ब रुपैयाको लगानी हुनु आवश्यक देखिन्छ । साथै प्रत्येक वर्ष १० प्रतिशतको हिसाबले लगानी बढाउदै लैजानु पर्ने देखिन्छ । पर्यटन उद्योगलाई आवश्यक लगानी स्वदेशीलेनै जुटाउन सक्ने अवस्था छ । आवश्यक भौतिक पूर्वाधार, पयर्पटकमैत्री नीति निर्माण गर्ने कार्य सरकारी पक्षले र अन्य सेवामूलक कार्य निजि क्षेत्रको तर्फवाट समन्वयात्मक ढंगले गर्दै जांदा उपयुक्त होला । परिवर्तित समय अनुसार पर्यटन उद्योगलाई विषेश प्राथमिकताका साथ अगाडी बढाउने हो भने यसले भविश्यमा नेपाललाई आर्थिक समृद्धि तर्फ अवश्य दोह¥याउने छ ।