सुजुकी बाइक तथा स्कुटीको मेघा एक्सचेन्ज क्याम्प, चल्तीको रेटभन्दा थप १५००० बढि भ्यालुएसन

२०७५ कात्तिक १८ आइतवार
Newsdesk Shikharnews

नेपालका लागि सुजुकीको आधिकारिक बिक्रेता भि.जि. अटोमोबाइल्सले धनतेरस तिहार र छठलाई लक्षित गरेर स्कीम ल्याएको छ । कात्तिक १८ देखि २७ गतेसम्मका लागि नेपाल भरिका ४७ वटा सुजुकी शोरुमबाट मेघा एक्सचेञ्ज क्याम्प सञ्चालनमा आएको छ । यो क्याम्पबाट जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कुटर सहजै एक्सचेञ्ज गरी सुजुकीका बाइक तथा स्कुटी लिन सकिनेछ । जुनसुकै ब्राण्डका पुराना बाइक तथा स्कुटरको बजारमा प्रचलित भ्यालुएस भन्दा १५ हजार रुपैयाँ बढि दिइने सुजुकीका मार्केटिङ म्यानेजर नवराज कोइरालाले बताए ।

सुजुकी मेघा एक्सचेन्ज क्याम्प भरी एक्सचेन्ज, फाइनान्स र क्यासमा कुनै पनि कम्पनीका पुराना बाईक तथा स्कूटर सजिलै उपलब्ध गराइनेछ । यो स्कीम अन्तर्गत सुजुकी बाइक तथा स्कूटर खरीद गर्दा बाइक मा ८००० र स्कूटर मा १०००० छुट साथै १० जना लाइ बम्परमा जापान भ्रमण गराउने जानकारी सुजुकीका सेल्स हेड सन्तोश थापाले बताए ।

जापानीज इन्जिन, स्टाइलिस र चलाउन सहज भएका कारण सुजुकी ब्राण्डका बाइक तथा स्कुटर नेपाली बजारमा लोकप्रिय रहेको कम्पनीको दावी छ । मेघा एक्सचेन्ज अफरबाट पुराना बाइक तथा स्कुटर साटी नयाँ बाइक तथा स्कुटर चढी बायु प्रदुषण, ध्वनी प्रदुषण कम गरी इन्धनको बचन समेत गर्न मार्केटिङ म्यानेजर नवराज कोइरालाले आग्रह गरे ।

(nelsonjsalon.com)