सल्यानि गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’ बजारमा




२०७५ कात्तिक १९ सोमवार
Newsdesk Shikharnews

काठमाडाै, १९ कात्तिक।  लाेक दाेहाेरी गाएक नेत्र भण्डारीकाे ‘फुलबुट्टे चाेली’काे भिडियाे सार्बजिनक भएकाे छ । सल्यानका चर्चित गाएक भण्डारीकाे  ‘फुलबुट्टे चाेली’ मा गाएक कृष्ण रेउले , निशा शाही र मनिष खड्काकाे अभिनय रहेकाे छ ।

सल्यान जिल्लाको काफ्रेचौरमा २०४२ सालमा जन्मेका भण्डारीले राजधानिमा अाएर २०६४ सालमा पहिलाे गित गाएका थिए । राजु परियार र लक्ष्मि न्याैपानेकाे सल्लाघारि बन बाेलकाे गित गाउने अबसर पाएकाे बताउछन भण्डारी । ‘स्याउ ल्याई दिउ की केरा” ”अंगुर फल्ने झुप्प” “हार्दीक श्रदान्जली” “नियती”जस्ता भण्डारीका  गीत बजारमा निकै चर्चाको शिखरमा पुगे।

भण्डारी  निरन्तर यसक्षेत्रमा लागीरहेको र आफु यो क्षेत्रबाट सन्तुष्ट रहेको बताउछन्। यसैबिच आइतबार उनको “फुलबुट्टे चोली”बोलको गीत सार्बजनीक भएको हाे । यो गीतको शब्द शृजना “सन्ध्या केसी” को रहेको छ भने लय शृजना नेत्र भण्डारी र बिरेन्द्र सिंह ठकुरी को रहेको छ ।

स्वर नेत्र भण्डारी संगै “डिला बस्यालको” रहेको छ।गीतको अडियो अनी भिडीयो निर्माण 4G ग्रुप नेपालले गरेको हो । यो भिडीयोको दृष्य निर्माण बिपी फिल्म्स प्रालिले गरेको हो, भिडीयो छायंकन करन चैसिरले गरेका छन् भने सम्पादन प्रविन भट्टले गरेका छन् भने निर्देशन अहिलेका चर्चित निर्देशक मौसम हिमालीले गरेका हुन् ।