चार लाख सहित तास खेलेका २० जना पक्राउ !




२०७५ कात्तिक १९ सोमवार
Nabin Poudel

चितवन, १९ कात्तिक । चितवनका छुट्टाछुट्टैै दुई स्थानबाट काैडा खेल्ने २० जना पक्राउ परेका छन् । एक ठाउँमा १६ थान काैडा र २२ हजार सात सय नगद सहित ४ जना र अर्काे ठाउँमा ७ बुक तास २ लाख ७० हजार नगद र १ लाख बराबरकाे चेक सहित १६ जनालाई चितवन प्रहरीले पक्राउ गरेकाे हाे । चितवन जिल्लालाई “सुरक्षित र शान्त चितवन “बनाउने उद्देश्‍यका साथ जिल्ला प्रहरी कार्यालय चितवनले गत जेठ देखि ‘३ एस’ (सर्च, स्विप र स्क्रिनिङ) सञ्चालनमा ल्याएकाे थियाे । जस अन्तर्गत गत अाइतबार र शनिबार छुट्टाछुट्टै दुई स्थानबाट तास र कौडा खेल्ने मानिसहरुलाई पक्राउ गरी कौडा खेल्न प्रयोग गरेको कौडा र नगद समेत बरामद गरिएको हाे ।

शनिबार राति ११ बजे चितवनकाे भरतपुर म.न.पा.वडा नं.२१ कृष्णचोक कौडा खेली रहेको अवस्थामा ४ जनालाई प्रहरीले पक्राउ गरेकाे थियाे । साथै उनीहरुबाट १६ थान कौडा र रु.२२,७२५ नगद बरामद भएकाे थियाे । त्यस्तै अाइतबार राती १० बजे चितवन कै रत्ननगर न.पा.वडा नं.०९ बाट तास खेल्ने १६ जनालाई पक्राउ गरी ७ बुक तास, रु.२,७७,७६० नगद र हिमालयन बैंकको रु.१,००,००० बराबरको दस्तखत भएको चेक समेत बरामद गरिएको थियाे । पक्राउ परेकाहरु माथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गर जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको छ ।

लागू औषध सहित मानिस पक्राउ :

शुक्रबार चितवनमा लागुअाैषद सहित भारतिय नागरिक पक्राउ परेका छन् । चितवन प्रहरीले भारतीय नम्बर प्लेटकाे माेटरसाइकलमा जिरा भित्र लुकाई राखेको अवस्थामा लागु औषध डाईजेपाम ६० एम्पुल, व्युप्रिनर्फिन ६० एम्पुल, फेनारगन ६० एम्पुलर नाईट्राजेपाम ३०३ ट्यावलेट फेला पारेकाे थियाे । युपी ५६ जेड ७२१५ नम्बरकाे माेटर साइकल र अभियुक्त ३७ वर्षिय राम निवास गुप्ता प्रहरीकाे हिरासतमा छन् ।