पुरूष वेश्याकाे पिडा: प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन्




२०७५ कात्तिक २० मंगलवार
Newsdesk Shikharnews

पाँच दिनमा ८ पटक  सम्पर्क गरेपछी  उनि म सँग भेट्न राजी भए  तर मोवाईल , क्यामेरा , रेकडर् र ब्याग केही नलाने शर्तमा | दरबारमार्गको एक क्लब अघि मलाई उभिन भनियो | म  तोकिएको समयमा क्लब पुगेको थिए तर त्यहाँ कोही थिएन| भर्खर साँझ पर्न लागेकाले क्लबमा चहलपहल न्यून प्राय थियो | सुमन हो ? अगाडी बाट आएको लिखुरे, झ्याप्ले केटाले म तर्फ औला तेर्साएर सोध्यो |

हो , मैले भने !

हिड्नु भन्दै उ फर्कियो  मैले उसलाई पच्छ्याए|

एक जोडी लाजै पचाएर बाहिरै  “मुसार्ने” काम गर्दै थिए , म नदेखेझै गरेर केटाको पिछा गरिरहे | उसले मलाई सिडी उकाल्दै माथी एउटा कोठामा पुर्यायो र बस्दै गर्नु भनेर त्यहाँ बाट हरायो|

तपाई जे काम गर्नुहुन्छ त्यसमा सन्तुष्ट हुनुहुन्छ ?

सोफामा मस्त ढल्किएर बसेको झन्डै ६ फिट अग्लो , अनुहार नपरेको तर मिलेको शरीर भएको  केटोलाई मैले पहिलो प्रश्न सोधे ?

अक्मक्कीदै उ सिधा भयो र ठाडो उत्तर दियो  “ सन्तुष्ट नहुँदा किन गरिराख्नु “ ?

दोश्रो प्रश्न राख्नु अघि उसले रेडबुल र मैले कफी पिउने निदो गरिउ मेरो चाहानामा |दुई वर्ष अघि उ यहीँ हामी बसेको क्लबको बाउन्सर थियो | एकदिन एक महिलाले रातको १ बजे रक्सि धेर पिएर बमिट गरिछन् | पछी घर पुर्याईदिनु भन्न थालिन | गाडीको लाइसेन्स भएको उ मात्र थियो| त्यसैले पुर्याउने जिम्मा उसैको भयो | दरबारमार्ग बाट सानेपा पुगुन्जेल ति महिलाले उनको शरीरको विभिन्न स्थानमा स्पर्श गर्दा उनलाई गाडी चलाउन गाह्रो भएको थियो रे  | जसोतसो घर पुर्याए अझ  कोठा सम्म उनैले  समातेर लगे र बेडमा राखे |

बेहोसी महिला उनको छेउमा बसेकी थिइन् हात उनको तिघ्रामा राखेर | उनले आफु क्लब  फर्कन ट्याक्सी भाडा मागे | अब भने महिला उठिन र एकोहोरो हेरिन |

उनि रिसाइन् सम्झेर मैले पर्स बोक्न बिर्सेछु , पाँच सय भए पुग्छु उनले नम्र भएर भने |

महिलाले हास्दै दराज बाट आधा बिटो पैसा निकालेर उनलाई दिईन्  , उनि छक्क परे | शुरुमा समाएनन तर स्त्री र पैसाको अघि उनि झुके, पैसा गोजीमा राखेर हिड्न लागे | तर ति महिलाले उनलाई च्याप्प  समातिन र खाटमा पल्टाइन | चल्न थालिन, चलाउन थालिन | उनले सम्झाउन खोजे , फुत्किन खोजे तर उनको केही लागेन अन्त्यमा उनि म्यामको तिर्खा मेट्न बाध्य भए |

त्यो रात बिहान सम्म म्यामको रोजाईमा उनीहरु उफ्रिरहे | उठेर विदा माग्दा फेरी म्याम उनि सँग जिस्कन थालिन | कपडा खोलेर उनको अघि उभिईन् | उनि फेरी झुके क्लब बाट निस्केको करिब १८ घण्टा सम्म म्यामले उनलाई आफ्नो कब्जामा राखिन , आनन्द लिइरहिन| तर उनको शरीर यता गलेको थियो पैसाको लोभले मैले चुपचाप म्यामको चाहना पुरा गरे |

त्यही दिन बाट सुरु भयो उनको यो व्यबसाय |

त्यसपछी दैनिक उनि म्यामको सेवामा हाजिर हुन्छ | राती १० बजे पछी बिहान ४ बजे सम्म उनले म्यामलाई समय दिएका छन् | म्यामको चाहानामा, रोजाईमा , म्यामले भने जसरी उनि प्यास मेट्दीन्छन् त्यो बापत मोटो रकम पनि लिन्छन |

कति जनालाई सेवा दिनुहुन्छ उनि मौन भएपछी म सोध्छु ?

दिनै भेट्ने  त म्यामलाई मात्र हो तर अरु पनि ८,१० जना हुनुहुन्छ उनि भन्छन |

अरुलाई कसरी भेट्नु भयो ?

तपाईलाई मिडियाका मान्छे भेट्न गाह्रो हुन्न नि हैन | जब यसैलाई पेसा बनाए तब आफै  नेटवर्क बन्यो उनि डिप्लोम्याटिक उत्तर दिन्छन्|

यहीँ पेशामा जीवन बिताउने मन हो ?

कस्तो प्रश्न सोधेको  उनि झर्किन्छन् म तत्कालै प्रश्नलाई सहज बनाउँछु |

अरु केही व्यबसाय पनि गर्ने मन छ कि ?

यो वर्ष गाडी किन्दैछु अर्को वर्ष घर बनाउँछु अनि केही व्यबसाय थालेर सायद छोड्छु | मलाई यो पेशामा आएकोमा कुनै पछुतो छैन | तर लामो समय यो पेसामा रहन गाह्रो छ  उनि भन्छन |

किन गाह्रो म सोध्छु कपको कफी सेलाउन लागेकाले त्यता पनि ध्यान दिन्छु |

म्यामहरुको तिर्खा मेट्न निकै तागत चाहिन्छ | “हतियार” गतिलो भएर शरीर फिट हुनेहरु मात्र यो कर्ममा जम्न सक्ने उनि बताउँछन् | म्यामहरु लामो समय यौनको मज्जा लिने धुनमा जुस वा रक्सीमा के के मिसाएर खुवाउनु हुन्छ | जसले स्वास्थ्यमा असर गर्दो रहेछ त्यो म अहिले बुझ्दैछु सुनाउँदा भने उनि अनुहार बिगार्छन |

भनेपछि कहिले काहीँ हीनताबोध पनि हुन्छ ?

प्रत्येक पटकको उफ्राईमा शरीर भरी चिथोर्छन् , दाग शरीरमा भन्दा बढी आत्मामा बस्छ | कहिले काहीँ त अहिलेनै छोडौ जस्तो लाग्छ तर गाह्रो छ छोड्न |

कसरी म जिज्ञासु हुन्छु ?

म्यामहरुले छोड्नु पर्यो नि उनि मुसुक्क मुस्कुराउँदै उत्तर दिन्छन्|

कसरी कसरी आउँछन् यो पेशामा केटाहरु ?

रहर र कर दुवैले | कोही पैसा पाइने , मोजमस्ती पनि हुने धुनमा आउँछन् | कोही अरु केही गर्न नसकेर, काम नपाएर  आउँछन् , कोही छिटो पैसा कमाउने धुनमा आउँछन् | सबै कुरा बाट हार खाएर मन नहुँदा नहुँदै आउने पनि धेरै छन् |

तपाईको दैनिकी कसरी बित्छ ?

५ बजे उठ्छु , नियमित ब्रेकफास्ट खान्छु , जिम गर्छु अघिल्लो दिन नै थाहा हुन्छ आज कत्ति जना म्यामहरुलाई समय दिएको छु | त्यसै अनुसार बाहिर निस्कन्छु | कहिलेकाहीँ ५ जना सम्म म्यामहरुलाई सन्तुष्ट पार्नु पर्दा बेलुका मेरो शरीर र मन दुवै ठेगानमा हुँदैन | अनि नशाको सहारामा निदाउँछु |

ग्राहक को को हुन् तपाईहरुको ?

यो त  भन्ने कुरा भएन तर जसका बुढा घरमा छैनन्, भए पनि सन्तुष्ट बनाउन सक्दैनन्, डिभोर्स भएको छ अनि उनीहरु सँग प्रसस्त पैसा पनि  छ भने  उनीहरुले केटाहरुलाई वेश्या बनाउँछन् | यत्ति भनेर उनि  मोवाईल निकाल्छन् फोन आएछ | म आईहाले सरी म्याम भन्दै उनि उठ्छन | एकछिन  बस्न मिल्दैन म भन्छु | भयो अहिले टाईम छैन भन्दै निस्किन खोज्छन् | म पनि उठ्छु अलि पर्तिर पुगेर तिमीले लुकेर रेकड त गरेनौ ? उनि  धम्कीको स्वरमा सोध्छन्|

चाहेको भए सक्थे तर गरिन भन्दै म पनि सिडी ओर्लिन्छु | के के लेख्छौं इन्टरनेटमा राख्नु अगी मलाई देखाउ निर्देशनको शैलीमा उनि बोल्छन् | लेखिसकेर भेटौ न् त म भन्छु |

फोन गर्नु भनेर उनि बुलेट बाईकमा हुइकिन्छन् |

कालो फिटिङ टि सर्ट र सेतो पाइन्टमा रहेका उनको  छाती माथी उठेको थियो , कसिलो ज्यान भएका उनि ठियाक्कै भन्दा फिल्मको नायक जस्तो नभएर गुण्डा जस्तो देखिन्थे | उनि सँग मात्र कुरा गरेर स्टोरी प्रकाशित् गर्नु एउटा कोणबाट मात्र हेरेको ठहरिन्थ्यो | त्यसैले मैले अरु अनुसन्धान पनि गर्ने निदो गरे | उनि सँग बाँकी कुरा अर्को भेटमा गर्छु सोचे |

पछिल्लो तथ्यांक अनुसार नेपालमा करिब २५ हजार पुरुष यौनकर्मी वा “जिगोलो” छन् |जो काठमाडौं , पोखरा , धरान , विराटनगर लगायतका ठाउँमा सक्रिय छन् | धेरैजसो भने काठमाडौंमै बस्छन् |३५ देखी ४० वर्ष समुहका महिलाहरुले धेरै पुरुष यौनकर्मीको प्रयोग गरेको पाईन्छ | धनाढ्य परिवारका महिलाहरुले श्रीमान बाट यौन सुख प्राप्त नहुँदा वेश्या पुरुषको प्रयोग गरेका छन् | विशेष गरी लाहुरेका श्रीमती , धनाढ्य वर्गका महिला , वैदेशिक रोजगारमा गएका पुरुषका श्रीमती , श्रीमानले छाडेका महिला पुरुष यौन व्यवसायीका दरिला ग्राहक हुन् |

महिला यौन व्यबसायीको जस्तो वेश्या पुरुषको फिक्स रेट हुन्न | प्राप्त जानकारी अनुसार दश हजार रुपैया लिन्छन् एक पटक सुख दिए बापत | अझ उस्तै महिला परे ठुला ठुला उपहार पनि दिन्छन् | सानातिना उपहार त दैनिक ल्याइदिनुहुन्छ म्यामहरुले म सँग कुरा गर्ने विष पुरुषले बताएका थिए  | यसरी मोज गरेर श्रीमतीले पैसा वेश्या पुरुषमा खर्च गर्दा विदेश बाट फर्किएका श्रीमानले सम्पति र श्रीमती दुवै गुमाउने गरेका छन् | कतिपय अवस्थामा महिला यौनकर्मीको प्रयोग गरि महिलाहरुले पुरुष खोज्ने गरेका छन् | प्राय पुरुष यौनकर्मीहरु ग्राहक खोज्दै सडक सडक हिड्दैनन्  | डिस्को , रेस्टुरेन्टहरुमा गएर म्यामहरुलाई आनन्दित बनाउछन् कत्तिले त यहीँ व्यबसायलाई मध्यनजर गरेर अपार्टमेन्ट नै लिएर बसेका छन् |

विशेष गरी महीलाहरु मनोरन्जन क्षेत्रमा सक्रिय युवाहरुलाई आफ्नो सेक्स पार्टनर बनाउन बढी रुचि देखाउँछन् | पछिल्लो समय पुरुष यौनकर्मीहरुले सामाजिक संजाल बाट एकल महिला , वैदेशीक रोजगारमा गएका पुरुषका श्रीमतीहरुलाई मायाजाल बिछ्याएर यौन चाहाना पुरा गर्दिने बहानामा धनसम्पत्ति लुट्ने गरेका घट्नाहरु पनि  बाहिर आउन थालेका छन् |

पुरुष यौनकर्मी बढ्नुमा बेरोजगारी मुख्य रहेको रक्षा नेपालकी अध्यक्ष मेनुका थापा बताउछिन जागिर नभेटेर हार खाएपछि यो व्यबसायमा आउनेहरु धेरै छन् | विदेश जान पैसा डुबाउनेहरु , घरको पुर्खेउली ऋण भएकाहरु यो पेशामा जबर्जस्ति लागेका छन् | चाडो पैसा जम्मा हुने र लाईफ स्टाईल पनि फेरिने सोचेर यो पेशामा फसेकाहरु धेरै पाइएको छ |

पुरुष यौनकर्मीको कमाई महिनामा झन्डै ५० हजार हुन्छ |

यो सबै तयार गरेपछी  मैले उनलाई पुन भेट्न मन गरे उनले यो पटक भाउ नखाई हुन्छ भने | मैले सुरुमै यो पढेरै आउनु होला भनेर मेल गर्दिए | दोश्रो पटक भेट्न जाँदा उनले “एटिटयूड” देखाएनन्| म पुग्दा जुरुक्क उठेर हात मिलाए | मलाई त कथा पढे जस्तो लाग्यो उनि खुसी भएर सुनाउँछन्, म हास्छु मात्र | तिमीलाई मैले हप्काए पनि है उनि भन्छन् म अझै केही बोल्दिन

बिहे कहिले गर्नु हुन्छ नि ? म सोध्छु |

गर्लफ्रेन्ड छिन् ,अब चाडै |

उनलाई थाहा छ यो कुरा?

कहाँ थाहा हुनु ? केटीहरु आफ्नो ब्याईफ्रेन्ड अरु केटी सँग गफ गरेको त  मन पराउँदैनन् अझ यस्तो कुरा |

यो व्यबसायमा लाग्नेहरु विवाहित बढी छन् कि अविवाहित  ?

अविवाहित, तर म्यामहरु चाहीँ सबै विवाहित हुनुहुन्छ |

तपाईलाई मैले वेश्या पुरुष भन्दा कस्तो फिल गर्नुहुन्छ ? म आखिरी प्रश्न राख्छु |

उनि एकछिन रोकिन्छन्, बोल्छन कि सोचेको केही उत्तर दिंदैनन् | हीनताबोध देखिन्छ अनुहारमा | मौनताले स्वीकृति जनाउँछ सायद त्यस्तै होला सम्झेर म विदा हुन खोज्छु |

हस् राजन जी म जान्छु समय दिनु भयो, आफ्नो कुरा सुनाउनु भयो धेरै धेरै धन्यवाद |

मलाई पनि खुसी लाग्यो कसैलाई नसुनाको कुरा सेयर गर्न पाए |

(“एभरेष्टटक डटकम) बाट साभार ।