छोरा जन्मिएपछि डाक्टरले काटिदिए लिंग !




२०७५ कात्तिक २१ बुधवार
Newsdesk Shikharnews

भारत झारखण्डको इटखोरीमा नक्कली डाक्टरले नवजात शिशुको लिंग काटेर शिशुको हत्या गरेका छन् । आठ महिनाको गर्भ जाँच गर्दा छोरी भएको बताएका ति डाक्टरले शल्यक्रिया गर्दा छोरा भएको थाहा भएपछि लिंग काटिदिएका भारतीय संचार माध्यमले जनाएका छन् ।

लिंग काटिएपछि उच्च रक्तश्राव भएर शिशुको ज्यान गएको हो । तर डाक्टरले शिशुको परिवारलाई अपाङगता भएको बालिका जन्मिएको र उनको मृत्यु भएको खबर दिएका थिए । परिवारले शिशुको शव फालेको ठाउँमा हेर्न गएपछि मात्रै लिग काटिएको अवस्थामा आफ्नो शिशुको ज्यान गएको थाहा पाएका थिए । त्यसपछि उनीहरुले प्रहरीमा उजुरी दिए । तर नक्कली डाक्टर अहिले फरार छन् । उनीहरुको खोजी भैरहेको भारतको प्रहरीले जनाएको छ । परिवार यतिबेला शोकमा डुबेको छ । उनीहरुले नक्कली डाक्टरलाई कारवाहीको माग गरेका छन् ।