अमेरिकाको संसदमा पहिलोपटक दुई मुस्लीम महिला निर्वाचित




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

सिकाको– अमेरिकी मतदाताहरुले दुई जना मुस्लीम महिलालाई संसद्मा निर्वाचित गरेका छन् । निर्वाचित दुबै जना डेमोक्र्याट हुन् । निर्वाचितमध्ये एकजना सोमालियाबाट शरणार्थीका रुपमा अमेरिका बस्दै आएकी इल्हान ओमर हुन् । मिन्नेसोटा प्रदेशमा उनी विजयी भएका हुन् ।

त्यसैगरी सामाजिक कार्यकर्ताका रुपमा क्रियासिल रशिदा तलैबी पनि संसद्का लागि निर्वाचित भएकी हुन् । प्यालेस्टाइनबाट अमेरिका आएका बाबुआमाबाट उनको जन्म अमेरिकाकै डिट्रोइटमा भएको समाचारमा जनाइएको छ ।

संसदमा उनीहरुसँगै अर्का एक जना मुस्लीम पुरुष पनि गरी मुस्लीम समुदायबाट तीन जना निर्वाचित भएका छन् । संसद्मा निर्वाचित अर्का मुस्लीम पुरुष अफ्रिकी अमेरिकी अन्ड्रे कर्सन रहेका छन् । उनी इन्डीयना प्रदेशमा दोस्रो पटक निर्वाचित भएका हुन् । उनले पनि डेमोक्र्याट पार्टीबाट प्रतिनिधित्व गर्छन् ।

अमेरिकाका नागरिकमा मुस्लीम समुदायप्रतिको नकारात्मक धारणा रहेकै बेला उनीहरुको जितलाई अर्थपूर्णरुपमा हेरिएको छ ।