जुवाडेकाेलागि कडा बन्दै चितवन प्रहरी, एकै रातमा १९ जना पक्राउ !




२०७५ कात्तिक २२ बिहीवार
Newsdesk Shikharnews

चितवन, २२ कात्तिक ।  चितवन मा १९ जना जुवाडे पक्राउ परेका छन् । भरतपुर महानगरपालिका  वडा नं १६ बाट काैडा खेलिरहेकाे अवस्थामा  १६ थान काैडा र नगद रू १ लाख ४९ हजार ६ सय ८५ सहित पक्राउ गरीएकाे चितवन प्रहरीले बताएकाे छ । प्रहरी निरिक्षक युवराज तिमिल्सिनाकाे नेतृत्वमा  खटाएकाे टाेलीले पक्राउ गरेकाे जारि गरेकाे प्रेस विज्ञप्तिमा भनिएकाे छ । त्यसै गरि इलाका प्रहरी कार्यालय गितानगरबाट खटिएकाे टाेलिले वडा नं १५ बाट ४ जना काैडा खेलाडि पक्राउ गरेकाे छ । उनिहरूबाट १६ थान काैडा र नगद रू ३ लाख ६ हजार २सय ६५ बरामद गरेकाे पनि विज्ञप्तिमा बताइएकाे छ ।

चितवन जिल्लालाइ सुरक्षित र शानत चितवन बनाउने उद्येश्यका साथ जिल्ला प्रहरी कार्यालयले २०७५ जेठ ४ गतेबबाट 3S Operation (Search, Sweep and Screening) संचालन गरेकाे छ । पक्राउ परेकाहरु माथि मुलुकी अपराध (संहिता) ऐन २०७४ को परिच्छेद ५ को दफा १२५ अन्तर्गत जुवा कसुरमा थप अनुसन्धान कारवाही भई रहेको बताइएकाे छ ।